समय : ०६:२१ pm | बिहिबार , असाेज ३० गते २०८२

प्यूठान अस्पतालले भर्ना लिन मानेन,उपचारको लागि अस्पताल चाहार्दै

१ बजे गाडी रिजर्व गरि बिजुवार अस्पताल पुग्यौ।हामि अस्पताल पुग्दा करिव ३  बजेको थियो।बच्चालाई लगेर इमर्जेन्सी कक्षमा पुग्यौ।हामी त्यहा पुग्दा डाक्टर निदाएका देखिन्थे।

स्वर्गद्वारी अपडेट | असाेज १२ गते २०८२

उनले थप्दै भन्छन्-हामी यति राति कहाँ जाने ? सबै होटल बन्द छन् बरु यहाँ बेड खालि रहेछ यतै बस्छौ भोलि चेकजाँच गरि जाने आग्रह गर्यौ तर  हुँदैन यहाँ बस्न मिल्दैन भनेपछी हामीले रिजर्व गरेको गाडीमा एकछिन बस्यौ छोरीको अवस्था हेर्दा निकै जटिल थियो, सास फेर्न झनै गाह्रो भएको थियो।

प्युठान।जिल्ला अस्पताल प्युठानले नै उपचार गर्न गएका बिरामीलाई भर्ना नगरी फर्काएका छन्।मध्यान्ह रातको करीव ३ बजे इमर्जेन्सीमा आएकी बालिकालाई   सामान्य चेकजाँच गरि फर्काएका हो।

नौबहिनी गाउँपालिका–७ पाँचचौर पोख्राकी ३ वर्षीय दुर्गा रोका मगरलाई ज्वरो र स्वास प्रस्वासमा समस्या आएपछि शुक्रबार रातको १ बजे घरबाट उपचारका हिडेको बालिकाका काका केफ रोका मगरले बताए।जिल्ला अस्पताल प्युठानमा   स्वास्थ्यकर्मीले इमर्जेन्सीमा राखेर उपचार नगरी प्रेसरमात्र हेरी भोलि आउनु भन्दै फर्काएको मगरले बताए।

‘१ बजे गाडी रिजर्व गरि बिजुवार अस्पताल पुग्यौ।हामि अस्पताल पुग्दा करिव ३  बजेको थियो।बच्चालाई लगेर इमर्जेन्सी कक्षमा पुग्यौ।हामी त्यहा पुग्दा डाक्टर निदाएका देखिन्थे।बच्चालाई सास फेर्न गाह्रो भएको थियो। डाक्टर उठेपछि रिसाउने र झर्किने स्वाभाव देखाए।कस्तो नमान्ने बच्चा होला भन्दै होतर्दै प्रेसर चेकजाँच गरे।बच्चा रोईरहेको थियो।’ बालिकाको साहिलो काकाले भने- ‘अहिले बच्चाको उपचार सम्भव छैन भोलि ९/१० बजे आउनु मैले केहि गर्न सक्दैन भोलि डाक्टर आउनुहुन्छ तपाई भोलि आउनु भन्दै हामीलाई घर फर्काईदिए।’ उनले थप्दै भन्छन्-हामी यति राति कहाँ जाने ? सबै होटल बन्द छन् बरु यहाँ बेड खालि रहेछ यतै बस्छौ भोलि चेकजाँच गरि जाने आग्रह गर्यौ तर  हुँदैन यहाँ बस्न मिल्दैन भनेपछी हामीले रिजर्व गरेको गाडीमा एकछिन बस्यौ छोरीको अवस्था हेर्दा निकै जटिल थियो, सास फेर्न झनै गाह्रो भएको थियो।हामी आत्तिएर करिव रातको ४ बजे बाग्दुला लाईफ केयर अस्पताल पुग्यौ।  अक्सिजन र एन्टीबाईटिक प्रयोग पछी स्वास्थ्य अवस्थामा सुधार आएको  थियो।’

छोरीलाई निमोनियाले ग्रस्त बनाई सकेको रहेछ यदि जिल्ला अस्पतालले भने अनुसार हामी घर फर्किएको भए खै के हुन्थ्यो होला भन्ने जस्तो लागेको थियो अहिले सुधार भएको बालिकाकी आमा दिपा रोका मगरले बताईन।डाक्टरले सान्त्वना दिनुपर्ने बेला झर्किने,चर्किने, घर फर्काईदिने जस्ता ब्यवहार देखाए पछी अब के विश्वास बोकेर जिल्ला अस्पताल आउने भन्दै पिडित परिवारले आक्रोस ब्यक्त गरेका छन्।

यता जिल्ला अस्पतालका मेसु डाक्टर सुवास पौडेलले तत्कालीन अवस्थामा बच्चालाई भर्ना गरेर राख्न पर्ने अवस्था नदेखिएपछी घर फर्काई दिएको स्वीकार गरेका छन्।

लाइफ केयरमा ३ दिन सम्म भर्ना गरेपछी आज बच्चालाई डिस्चार्ज गर्ने तयारी गरेको डाक्टर सन्तोष केसीले बताए।           

यो पनि पढ्नुहोस्