प्युठान।सरुमारानीमा चाडपर्व लक्षित गरी बजार अनुगमन गरिएको छ।बजार क्षेत्रका सञ्चालित किराना, होटल र मासु पसल गरी करिब ९४ वटा पसलहरू अनुगमन गरिएको हो।
जसमध्ये दर्भानमा ९ र बड्डाँडामा ९ वटा गरि १८ वटा पसलबाट करीब १८ हजार ८ सय ६६ रुपैयाँ मूल्य बराबरका म्याद नाघेका सामानहरु बरामद गरि नष्ट गरिएको सरुमारानी गाउँपालिकाले जनाएको छ।