समय : ०३:५१ pm | शनिबार , वैशाख १३ गते २०८२

प्यूठानमा नवौ स्वास्थ्य बीमा वार्षिकोत्सव मनाइयो

राधिका भुषाल | चैत्र २५ गते २०८१

प्यूठान । स्वास्थ्य बीमा बोर्ड जिल्ला सम्पर्क कार्यालय प्यूठानले नवौ स्वास्थ्य बीमा वार्षिकोत्सव मनाइएको छ । ‘सबै नागरिक स्वास्थ्य बीमामा सहभागीता, सुरक्षित र स्वस्थ भविष्यको सुनिश्चितता’ भन्ने मुल नाराका साथ वार्षिक उत्सव मनाइएको हो ।

स्वास्थ्य वीमामा आवद्ध गराउन सबै नागरिकको सहजताका लागि प्रत्येक वडाहरुमा दर्ता सहयोगी मार्फत बीमामा आवद्ध गराउने गरेको सम्र्पक कार्यालय प्यूठानका संयोजक जेद बहादुर घर्ती मगरले बताए । प्यूठानका नौ स्थानिय तहमा गरी हालसम्म ७१ हजार ५ सय ७१ जनाले स्वास्थ्य वीमामा आवद्ध भएको उनले बताए । सामान्य विमितले बीमा वापत लाग्ने पुरै शुल्क अर्थात ३ हजार पाँच सय लाग्ने र  महिला स्वास्थ्य स्वंयमसेविका लागि ५० प्रतिशत शुल्क लाग्ने गरेको छ । भने, जेष्ठ नागरिक, एच.आइ.भि. संक्रमित, अति अशक्त, कुष्ठ रोगी, एमडिआर.टि.भी. र अति गरीवीका परिवारलाई सतप्रतिशत निशुल्क स्वास्थ्य बीमा सेवा प्रदान गरिदै आएको समेत उनले जानकारी दिए ।

नेपाल सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रममा प्रतिपरिवार वार्षिक ३५ सय रुपैयाँ तिरेर १ लाखसम्मको उपचार सेवा पाउन सकिन्छ । स्वास्थ्य बीमा बोर्डले पाँच सदस्यीय परिवारलई एक युनिट मानेको छ । त्यो परिवारबाट बोर्डले वार्षिक ३ हजार ५ सय रुपैयाँ शुल्क लिन्छ । त्योवापत उक्त परिवारलाई बोर्डले वार्षिक १ लाख रूपैयाँको सेवा उपलब्ध गराउने गरेका संयोजक मगरले जानकारी दिए ।

यस्तै, ६ जनाभन्दा बढी सदस्य परिवार रहेको हकमा भने चाँही बोर्डले सो परिवारले अतिरिक्त रुपमा प्रतिपरिवार ७ सय रूपैयाँ तिर्यो भने त्यो परिवारले अतिरिक्त १ लाखभन्दा बाहेक २० हजार रूपैयाँ बराबरको सुविधा पाउँछन् ।  एउटा परिवारले अधिक्तम २ लाख सम्मको उपचार सेवा पाउनेछन् ।

तर, स्वास्थ्य बीमा नियमावली, २०७५ अनुसार भने बीमा गर्ने वित्तिकै बीमाको सेवा, सुविधा लागू हुँदैन । बोर्डका अनुसार बैशाखदेखि असार महिनासम्म दर्ता वा नविकरण भएमा सोही वर्षको भदौ एक गतेदेखि सेवा लिन सकिने व्यवस्था छ । साउनदेखि असोज महिनासम्म दर्ता वा नविकरण भएमा सोही वर्षको मंसिर एक गतेदेखि सूविधा लागू हुने बोर्डको भनाइ छ । 

 

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्