समय : ०५:०६ am | आइतबार , भाद्र २२ गते २०८१

प्यूठान अस्पताल भित्र एकलौटे लापरबाही

लव कुमार अधिकारी | श्रावण ५ गते २०८१

प्यूठान।जिल्ला अस्पताल प्यूठानमा  दैनिक बिरामीहरुको घुइचो लाग्ने गर्दछ।प्यूठान जिल्लाका नौ वटै स्थानिय तह, रोल्पा, गुल्मी र अर्घाखाँची जिल्लाका विरामीहरुले प्यूठान अस्पतालबाटै सेवा लिने गरेका छन्।प्रया जसो विवादमा आइरहने प्यूठान अस्पताल अहिले भने झनै ठुलो विवादमा तानिएको छ।केहि समय अगाडि  ५ जना विशेषज्ञ टिम सहितको डाक्टरहरु प्यूठान अस्पताल आउदा सेवाग्राही जनताले ठुलो आशा राखेका थिए तर, त्यस टिम भित्रका केही व्यक्तिको एकलौटे लापरबाहीका कारण डाक्टरहरु भगवान हुन् भन्ने बुझाइ विरामीको मनसायबाट हटिसकेको छ।गर्भवती महिलालाई ब्यथाले च्यापेर अस्पताल जाँदा भर्ना नलिने, सुत्केरी हुने मिति काटेर अस्पताल जाँदा भर्ना नलिने, नियमित चेकजाँचमा गएका विरामीलाई अतिरिक्त विस्तारित समय अर्थात (बिहान १० भन्दा अघी बेलुकी ५ बजे पछि) चर्को मुल्य लिई उपचार (शल्यक्रिया) गर्ने, कार्यालय समय भित्र आएका बिरामीलाई समेत रोकेर(EHS)अतिरिक बिस्तारित समयमा लगेर उपचार गर्ने, कार्यालय समयमा डाक्टर नभेटिने तर, दैनिक २४ सैं घण्टा सेवा दिएको भन्दै भत्ता लिने, अस्पतालको फार्मेसीमा औषधी विरामीलाई औषधी किन्न प्राइभेट फार्मेसीमा पठाउने र अस्पताल बिकास समितिलाई कमजोर बनाउदैं हरेक निर्णयहरु आफ्नो अनुकुलमा गर्दा कमाउधन्दामा लाग्ने गरेका छन् । यस विषयमा न त अस्पताल विकास समिति बोलेको छ न त कुनै कर्मचारीहरुले नै बिरोध गर्ने आँट गरेका छन् । 

अस्पतालले भर्ना नलिदा आमाको कोख रित्तियो

प्यूठान नगरपालिका १ खैरा निवासी कमल सुवेदीकी श्रीमति पवित्रा गिरीको गर्भजाँच अनुसार २०८१ बैशाख २२ गते सुत्केरी हुन मिति तय भएको थियो । उनीले  जिल्ला अस्पतालमै नियमित चेकजाँच गर्दै आएकी थिइन । सो समयमा सुत्केरी नभएपछि उनी बैशाख २३ गते नै प्यूठान अस्पताल पुगिन् । अस्पतालमा भिडियो एक्सरे देखि सम्पूर्ण चेकजाँच गर्दा पेट भित्रको बच्चाको अवस्था नर्मल नै छ भनेर भनियो उनीलाई भने केही असहज भएको थियो । डेट कटिसकेको हुंदा घर फर्केर आउन उनको मनले मानेको थिइन । अस्पताल बाहिरका डाक्टरहरुले बच्चा तयार भएको र डेट पनि कटिसकेको हुंदा अस्पताल भर्ना भई बच्चा जन्माउने सल्लाह समेत दिए । उनी पुन: अस्पताल पुग्दा उनलाई एकहप्ता पछि आउनु भनेर भन्दै जबरजस्त घर फर्काइयो घर आएको ३ दिन पछि ति दम्पती अस्पातल पुगे।अस्पताल पुग्नासाथ बच्चा नरहेको  भन्दै भ्याकुम लगाएर बच्चा निकालि मृत बच्चा आफ्नो हातमा थमाइ घर फर्काइ दिएको पीडित दम्पतीले बताए । जिल्लाकै ठुलो मानिने प्यूठान अस्पतालको लापरबाहीले गर्दा बच्चा गुमानुका साथै आमा समेत ज्यान जोखिम बन्न पुगेको उनले बताए ।

प्यूठान अस्पतालको यो लापरबाही पहिलो भने होइन । त्यस्तै प्यूठान नगरपालिका ५ जुम्रीकाँढा निवासी वर्ष २८ कि सिता वि.क को सुत्केरी हुने मिति कटिसके पछि उनको अवस्थालाई मध्यजनर गर्दै जुम्रीकाँढा स्वास्थ्य चौकीले प्यूठान अस्पताल पठायो तर, अस्पतालले भने भर्ना लिन मानेन । प्यूठान अस्पतालबाटै जुम्रीकाँढा स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई फोन गरिन उनीहरुकै सल्लाह अनुसार उनी सोही दिन वुटवल पुगेर बच्चा जन्माइन । यसरी दुर्गम ठाउँका गर्भवतिहरु अस्पताल आउदा उनीहरुको अवस्था हेरि भर्ना लिने अथाव रेफर गर्नु पर्ने हो तर, प्यूठान अस्पतालले पुन घर फर्कादाँ गर्भवती आमा र बच्चा दुवैलाई निकै जोखिम हुने गरेको स्वास्थ्य चौकीका कर्मचारी बताउछन्। 

उता स्वर्गद्वारी नगरपालिका २ खालकी २३ वर्षकी शर्मिला हमाल बैशाख ३ गते ब्यथा लागेर जिल्ला अस्पतालमा भर्ना हुन् पुगेकी थिईन।जिल्ला अस्पतालमै नियमित गर्भवती चेकजाँच गर्दै आएकी  हमालले बैशाख ३ गते राती व्यथाले च्यापेर करीव ८ बजे अस्पताल पुगिन।तर अस्पताल पुगेपछि रात्रीकालिन सेवामा खटिएका कर्मचारीहरुले उनको भर्ना लिन मानेनन्।उनलाई घर फर्काई दिएपछी उनि भिंग्री स्वास्थ्य चौकीमा भर्ना भईन भर्ना भएको छ घण्टा नबित्दै नर्मल सुत्केरी भएको हमालले बताईन।

शक्तिको दुरुपयोग गरि कमाउधन्दा

उता प्युठान नगरपालिका ७ निवासी नवौं तहका एम.डी.जी.पि इमर्जेन्सी फिजिसियन डाक्टर सन्तोष केसीले २० महिना प्युठान अस्पतालमा काम गरेका थिए।अहिले केसीले प्युठान अस्पताललाई नजिक बाट नियालिरहेका छन्।उनले भने शक्तिको दुरुपयोग गरी आर्थिक हिनामिना गरेको आरोप तथा केहि प्रमाणहरु आफ्नो सामाजिक संजाल मार्फत सार्वजनिक समेत गरेका छन्।

उनले सार्वजनिक गरेको तथ्यहरु यस्ता छन्:-

अस्पतालको दन्त विभागमा काम गर्ने बिडीएस डाक्टर पुर्व निमित्त कार्यालय प्रमुख  प्रमिला खनालले १५ महिना देखी नेपाल सरकारबाट पाउने तलव बाहेक प्युठान अस्पताल बिकास समितिबाट थप निर्णय गरी २४ औ घण्टा काम गरेको भनि प्रति दिन ५ सय रुपैयाले अतिरिक्त भत्ता लिएकी छन्।नि.कार्यालय प्रमुख एक सरकारी डाक्टर हुँदा पनि बिरामीलाई EHS(अतिरिक्त बिस्तारित सेवा) बिहान १० बजे देखी बेलुकी ५ बजे पछी बिरामी चेकजाँच गरेको चर्को शुल्क उठाउने गरेको खुलेको छ।

त्यस्तै ऐरावती गाउँपालिकाको -३ निवासी एन्जिला सुनारले अस्पतालको Mino OT Register अनुसार २०८० कार्तिक ७ शुक्रबार बिहान ९ बजे k-wire Instertion  (कुहिनाको हाडमा तार हालेको) बापत  अस्पतालले राखेको दररेट अनुसार ३ हजार उल्लेख गरिएको छ त्यसमा  शल्यक्रिया  शुल्क थप गरेपनि बढीमा आठ हजार हुनु पर्ने हो तर EHS(अतिरिक्त बिस्तारित सेवा) सेवा मार्फत १५ हजार शुल्क लिएका छन।

हाड जोर्नी शल्यक्रियामा प्रयोग हुने सामग्रीहरु प्युठान अस्पतालको फार्मेसी उपलब्ध नगराई निजि फार्मेसीमा खरिद गरेको बिरामी सुनछहारी गाउँपालिका- ३ रोल्पा निवासी दुर्गा बहादुर बिस्वकर्माले बताए।उनले गत कार्तिकमा दायाँ खुट्टाको कान्छी औलामा तार राखेर शल्यक्रिया गराएका थिए उनले शल्यक्रिया बापत १५ हजार रकम बुझाएका छन तर अस्पतालले उपलब्ध गराएको दररेट मेजर शल्यक्रियाको ५ हजार मात्र रहेको छ।

स्वर्गद्वारी नगरपालिका प्युठानको एक क्लिनिक संचालकले भने सामान्यतया पिलो निचोरेको बढीमा ५ सय  देखी १५ सय सम्म शुल्क लिने गरेको बताउछन तर यता  प्युठान अस्पतालले भने EHS (अतिरिक्त बिस्तारित सेवा) मार्फत सोहि केशमा ५ हजार शुल्क लिदैं आएको छ।अस्पताल समयमा सस्तो लोकप्रियता कमाउन बाहिर हिड्ने तर बिहान बेलुकी विरामी चेकजाँच गरेवापत भन्दै समितिमा निणर्य गराएर मनपरि शुल्क असुली गर्दै कमाउधन्दामा लागेको डाक्टर पौडेललाई आरोप छ ।

प्यूठान नगरपालिका ४ निवासी नागरिक समाजका अगुवा सुमन सुवेदीले जिल्ला अस्पताल प्यूठानमा कार्यरत डाक्टरले सामान्य शल्यक्रियाको नीजि क्लिनिकमा भन्दा बढि  चर्को शुल्क असुली गर्दै आएको बताएका छन्।टाढाबाटा र कुनै पार्टीको ओत लागेका र  पहुँचमा भएका व्यक्तिलाई केही सहयोग गरे जस्तो गर्दै सस्तो लोकप्रियता कमाएका डाक्टरले नै दुर्गमबाट आएका गरिब विरामीबाट मनपरि रकम असुली गर्ने गरेको आरोप लगाएका छन्।हार्डजोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर राजेन्द्र पौडेल कार्यालय समयमा अस्पतालमा विरामीले खासै भेट्न नसक्ने हुंदा टाढाबाट आउने विरामीहरु अनेत्र जानु पर्ने बाध्यता रहेको समेत उनले बताए।स्वर्गद्वारी अपडेटले समाचार तयार गर्दा अस्पताल बिकास समितिका अध्यक्ष विजय बिराज बिष्टलाई पटक पटक फोन सम्पर्क गर्न खोज्दा फोन उठेन उता कार्यालय प्रमुख राजेन्द्र पौडेलले भने फोन काटेर मोबाइल स्वीच अफ गरेका थिए।       

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्