समय : ०५:१८ am | आइतबार , भाद्र २२ गते २०८१

प्रजिअ आर्यलद्धारा स्वास्थ्यकर्मीलाई सम्मान

राधिका भुषाल | असार २७ गते २०८१

प्यूठान । मल्लरानी गाउँपालिका ३ धरम्पानी स्थित धरम्पानी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई कदर पत्रले सम्मान गरिएको छ । प्यूठानका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद आर्याल र मल्लरानी गाउँपालिकाका अध्यक्ष कृष्ण खड्काले बिहिवार स्वास्थ्यचौकीमै पुगेर कदर पत्रले सम्मान गरेका हुन । सुत्केरीलाई स्वास्थ्यकर्मीले बोकेर घरसम्म पु¥याएको भिडियोले सामाजिक सञ्जालमा निकै चर्चा बटुलेको थियो ।
धरम्पानी स्वास्थ्यचौकीमा आइतबार सुत्केरी भएकी ऐरावती गा.पा. ६ निवासी जिवा बिकलाई सोमवार स्टेचरमा बोकेर उनको घरसम्म पु¥याउने ५ जना स्वास्थ्यकर्मीलाई सम्मान गरिएको प्रजिअ अर्यालले बताए । लगातारको वर्षातको करण सडक अवरुद्ध भएकोले सुत्केरी बिकलाई स्वाथ्यकर्मीहरुले करिब ३ किलोमिटरसम्म बोकेर सुरक्षितसाथ निजको घरसम्म पु¥याएका थिए । कदर पत्रद्धारा सम्मान हुनेहरुमा जनस्वास्थ्य निरीक्षक टुकाराम पोख्रेल, अहेव मुना के.सी, अनमी पार्वता पुन, ल्याव असिस्टेन्ट शान्ता पुन र कार्यालय सहयोगी नमा पौडेल रहेका छन् ।
अचानक उहाँहरुकै स्वास्थ्य चौकीमा पुगेर सम्मान गर्दा ति स्वास्थ्यकर्मी साथीहरु निकै खुशी हुनुका साथै भावुक समेत बनेको प्रमुख जिल्ला अधिकारी अर्यालले बताए । ‘स्थास्थ्यकर्मीहरुको उच्च मनोबल सहित थप सेवाग्राही मैत्री ढंगले सेवा प्रदान गर्न हौसलाका लागि कदर पत्र प्रदान गरेका हौं ।’ प्रजिअ अर्यालले भने–‘विपत्तको समयमा हर प्रकारको सामना गर्न कर्मचारीहरुले अतिरिक्त सेवा प्रदान पनि गर्नु पर्छ भन्ने सन्देश दिएका छन् । यो एकदमै अनुकरणीय काम भएकोले उहाँहरुलाई स्वास्थ्यचौकी मै पुगि सम्मान गरेका छौं ।’ सर्वसाधारण जनतालाई अप्ठ्यारो परेको स्थितिमा कर्मचारीले सहयोग गर्न तत्पर हुन्छन् भन्ने उदाहरणीय कार्य भएको उनले बताए । प्यूठान जिल्ला आफुलाई जानकारी भए अनुसार यो सम्मान पहिलो रहेको समेत उनले बताए ।
ति सुत्केरी महिला ३ वर्षे नावालक छोरा र बुढि आमाको साथ आइतवार राती १० बजे स्वास्थ्य सस्थामा छोरीलाई जन्म दिएकी थिइन । उनको श्रीमान रोजगारीका लागि भारतमा रहेको हुंदा आमासंग माइतीमा बस्दै आएको पारिवारिक स्रोतले जनाएको छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्