समय : ०५:१८ am | आइतबार , भाद्र २२ गते २०८१

गौमुखीमा भएकोनिःशुल्क मानसिक स्वास्थ्य शिविरबाट ९५जनाले लिए सेवा

सन्तोष सुनार | जेठ १७ गते २०८१

प्यूठान । जिल्लाको गौमुखी गाउँपालिकामा भएको निशुल्क मानसिक स्वास्थ्य शिविरबाट ९५ जनाले सेवा लिएका छन ।

विहिबार गौमुखी गाउँपालिकाको आयोजना, स्वास्थ्य कार्यालय प्यूठानको समन्वय, मानसिक अस्पताल लगनखेल ललितपुर र जिल्ला अस्पताल बिजुवारको प्राविधिक सहयोगमा उक्त शिविर सञ्चालन भएको हो । शिविर पालिकाको पुजा स्वास्थ्य चौकी लिवासेमा भएको थियो । शिविरबाट ६१ महिला र ३४ पुरुषले सेवा लिएकको गौमुखी गाउपालिकाका स्वास्थ्य शाखा प्रमुख हरि प्रसाद जैसीले स्वर्गद्वारी अपडेटलाई जानकारी दिए ।

उनका अनुसार शिविरमा जाचँ भएका विरामीमध्ये ८० जनाले जिल्लाबाट नै मानसिक रोग सम्बन्धि औषधी प्रयोग गर्ने भएको बताए । वर्तमानको परिवेशमा सर्ने भन्दा नसर्ने रोगहरुबाट मानिसहरुको मृत्यु भएको हुदा स्वास्थ्यमा जटिल समस्याहरु हुनबाट बचाउन स्वास्थ्य शिविरहरु सञ्चालन गरिएको गौमुखी पालिकाका उपाध्यक्ष महावीर रानले बताए ।

जीवनमा स्वास्थ्य नै सबथोक भएकाले हामीले खाने खाना तथा पिउने पानीमा विशेष ध्यान दिनुपर्ने आवश्यक रहेको उपाध्यक्ष रानाको भनाई रहेको छ ।पालिकामा आखा शिविर, महिला विशेषज्ञ सेवा शिविरहरु समेत भएका छन ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्