समय : १२:०७ pm | बुधबार , मंसिर ३ गते २०८२

माण्डवीमा पञ्चेबाजा संरक्षण अभियानमा महिला

सहनाई, ढोलकी, ट्याम्को, झ्याली, कर्नाल, दमाहालगायत सबै नौ थरी बाजा महिलाले बजाउछ्न।

स्वर्गद्वारी अपडेट | कार्तिक १७ गते २०८२

प्युठान।प्युठानको माण्डवी गाउँपालिकामा ज्योलासु महिला पञ्चेबाजा समूह नै बनाएर महिलाको टोली बाजा संरक्षणमा लागेको छ।लोप हुन लागेको बाजाको प्रवर्द्धन गर्न पालिका संरक्षणमा अभियानमा जुटेका हो।

आर्थिक वर्ष २०८०/०८१ मा माण्डवी गाउँपालिकाले ५ लाख रुपैया बजेट बिनियोजन गरेर पन्चेबाजा तालिम लिएको माण्डवी गाउँपालिकाका वडाध्यक्ष प्रकाश वलीले बताए।‘परम्परागत रुपमा पञ्चेबाजा बजाउने समुदायको सङ्ख्या घट्दै गएपछि पञ्चेबाजा संरक्षण अभियानमा लागेका हो।’उनले भने,‘नेपाली समाजमा आजभोलि पञ्चेबाजा बजाउने परम्परा लोप हुँदै जान थालेको हुँदा वडा भित्र ३ समूह बनाएर पञ्चेबाजा संरक्षणमा जुटेका छौ।’ युवाहरु विदेशिन थालेपछि शुभ कार्यमा बाजा बजाउने जनशक्तिको अभाव भएका कारण गाउँमै रहेका महिलाहरुलाई समुह बनाई तालिम दिएको अध्यक्ष वलीले बताए।पालिका वा जिल्लामा हुने मेला महोत्वस, विवाह, व्रतबन्ध, चौरासी र विभिन्न सभा समारोहमा पन्चेबाजा बजाउने समुह आवस्यक परेमा सम्पर्क गर्न समेत आग्रह गरेका छन्।  

शनिवार माण्डवी गाउँपालिका-२ पुकरुक सिद्धथानमा लागेको स्थानीय मेलामा एकै पोशाकमा सजिएका महिलाहरुले पञ्चेबाजा सहित अतिथिहरुको स्वागत गरेका थिए।मेलामा ४ भैलो समुह, ५ युवा क्लव र १ सराय नाँच सहित भब्यरुपमा मेला सम्पन्न भएको आयोजकको भनाई छ।केहि समय यता पालिकामा आयोजना हुने विभिन्न कार्यक्रम, भेला तथा सम्मेलनमा ज्योलासु महिला पञ्चेबाजा समूहले बाजा बजाउने गरेका छन्।

ज्योलासु समूहमा ३३ जना महिलाले पञ्जेबाजा बजाउन सिकेका छन्।सहनाई, ढोलकी, ट्याम्को, झ्याली, कर्नाल, दमाहालगायत सबै नौ थरी बाजा महिलाले बजाउछ्न।

यो पनि पढ्नुहोस्