समय : ०२:३३ pm | शनिबार , श्रावण १२ गते २०८१

प्युठानको साङ्गितिक वृत्तचित्र सार्वजनिक

स्वर्गद्वारी अपडेट | कार्तिक ११ गते २०८०

प्युठान । प्युठानको साङ्गितिक वृत्तचित्र सार्वजनिक गरिएको छ । 

प्युठानको जिल्लाका विभिन्न स्थानमा रहेका पुरातात्त्विक तथा ऐतिहासिक धार्मिक, सांस्कृतिक एवं प्राकृतिक सम्पदाको सांगीतिक वृतचित्र शुक्रबार युट्युव च्यानल मार्फत् मार्फत सार्वजनिक भएको छ । प्रमुख धार्मिक तीर्थस्थल स्वर्गद्वारी, गौमुखी, नौबहिनी झरना, मन्दिर एवं कोठिभिर, झिमरुक नदी, ऐरावती, बाङ्गेसाल, दर्भान लगायत प्यूठानका प्रमुख सम्पदाहरू समावेश गरिएको वृत्तचित्र जिल्लाका विभिन्न स्थानहरुमा  प्रदर्शन गरिएको थियो।

तीन वर्ष लगाएर तयार पारेको वृत्तचित्र परिकल्पनाकार, लेखक एवं निर्देशन डा. राजन विनाएक पासा हुन् । शिक्षा र ग्रामीण विकासमा विद्यावारिधि गरेका उनले करिब साढे तीन वर्ष लगाएर उक्त वृतचित्र तयार पारेको पासाले बताउनुभयो । त्रिभुवन विश्वविद्यालयको ग्रामीण विकास केन्द्रीय विभागका उपप्राध्यापक डा. राजन पासा प्युठानको बाङ्गेसालमा जन्मिएका हुन् ।

 ‘जिल्लैभरि सँगसँगै रम्दै घुमौला’ नाराका साथ तयार पारिएको साङ्गितिक वृत्तचित्रमा राजन पासा र नीना बुढामगरले अभिनय गरेका छन् भने जिल्लाभित्रका अन्य कलाकार र स्थानीयबासीहरुको समेत झलक उक्त वृत्तचित्रमा देख्न सकिन्छ । उक्त वृतचित्र राजन पासाकै युट्युब च्यानल मार्फत् सार्वजनिक गरेको हो।गीतमा स्वर राजन पासा र तृप्ती खड्का गुरुङले गरेका छन् ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला:

https://youtu.be/v2tFbOI3Pbw

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्

You cannot copy content of this page