प्युठान।ऐरावती गाउँपालिका वडा ६ दमारमा रहेको शान्ति प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ।राप्ती युनिफर्म सप्लायर्स, लमहीका संचालकले बिद्यालयमा अध्यनरत विद्यार्थीलाई विद्यालय पोसाक(ट्रयाक सेट) प्रदान वितरण गरिएको छ।
शुक्रबार सञ्चालक गंगाराम आचार्य (नारायण) र उनका आमा चिन्तकला आचार्यले ५२ जना विद्यार्थीलाई विद्यालय पोसाक(ट्रयाक सेट) प्रदान गरेको संचालक गंगाराम आचार्यले बताए।विद्यालयका परिवारले सहयोगप्रति आभार व्यक्त गर्दै सहयोगदातालाई टीका खादाले सम्मान गरेको बिद्यालयले जानकारी दिएको छ।
यसै विद्यालयमा दुई वर्ष अघि ऐरावती -६ रानादमारका युवा प्रेम खनालले ६३ जना विद्यार्थीहरूलाई विद्यालय पोसाक(ट्रयाक सेट) प्रदान गरेका थिए। स्थानीय स्तरबाट शिक्षा क्षेत्रमा हुँदै आएका यस्ता सहयोगले सामुदायिक विद्यालयको शैक्षिक वातावरण सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने सरोकारवालाहरूको भनाइ छ।








