समय : ०४:४४ pm | बिहिबार , असार ५ गते २०८२

लिवाङमा दलित सशक्तिकरण प्रशिक्षण कार्यक्रम सम्पन्न

कार्यक्रममा विशेष अतिथि अनिल रायमाझीले नेपालको कानुनमा दलित हक अधिकारका विषयमा प्रष्ट पारेका थिए।

स्वर्गद्वारी अपडेट | असार १ गते २०८२

केशर सुनार/प्युठान।गौमुखी गाउँपालिका वडा नं-६ लिवाङमा दलित सशक्तिकरण प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।वडा कार्यालयको सहयोगमा दलित सशक्तिकरण संस्था गौमुखी-६ लिवाङको आयोजनामा आईतवार वडा कार्यालयमा सम्पन्न भएको हो।

संस्थाका अध्यक्ष सुरेश विश्वकर्माको अध्यक्षतामा सञ्चालन भएको उक्त प्रशिक्षण कार्यक्रममा राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष लोकेन्द्र सुनारको प्रमुख आतिथ्यता रहेको थियो।गौमुखी गाउँपालिका स्तरीय दलित सञ्जालका अध्यक्ष गनबहादुर बिक,६ नं वडा कार्यालयका वडा सदस्य दिपक दमै र गौमुखी गाउँपालिकाका कानुन अधिकृत अनिल रायमाझीको विशेष आतिथ्यता रहेको थियो भने जनप्रतिनिधि,कर्मचारीहरु,एवम् समाजसेवीहरुको आतिथ्यता रहेको थियो।सोही कार्यक्रमको सञ्चालन भने संस्थाका सचिव केशर सुनारले गरेका थिए।

कार्यक्रममा सहभागीहरुलाई प्रशिक्षणात्मक मन्तव्य राख्दै प्रमुख अतिथी लोकेन्द्र सुनारले दलितहरुले अथक र संघर्षशिल समयपश्चात ईतिहास रच्न लागि पर्नुपर्ने बताए। समाजमा घटिरहेका विभेदलाई एकताबद्ध भई प्रतिवाद गरेमामात्र समाज र व्यक्तिको मुक्ती हुनुपर्ने बताए।नेपालको दलित आन्दोलन र प्यूठानमा दलितहरुको संघर्षको अवस्थाका बारेमा प्रशिक्षण राखेका थिए।

कार्यक्रममा विशेष अतिथि अनिल रायमाझीले नेपालको कानुनमा दलित हक अधिकारका विषयमा प्रष्ट पारेका थिए।साथै गौमुखी गाउँपालिकामा दलितको अवस्था र कानुनी अवधारणाहरुलाई प्रशिक्षणात्मक कार्यक्रममा प्रष्टाएका हुन।

कार्यक्रममा विभिन्न  सामाजिक व्यक्तिहरुले शुभकामना मन्तव्य राखेका थिए।कार्यक्रममा उपस्थित अतिथि एवम् सहभागीहरुलाई संस्थाका सल्लाहकार रक्षानमणी विकले राखेका थिए।गत वर्षको कार्तिकमा संस्थाद्वारा आयोजित तिहार विशेष कार्यक्रमको आय व्यय सार्वजनिक सहित समापन गर्दै यी यस्ता कार्यक्रमहरु सम्पूर्ण निकायसँग समन्वय गरि आगामी दिनहरुमा  थप कार्यक्रम गर्नुपर्ने बताए। साथै संस्थाको माध्यमबाट दलित उत्थान र सिपमूलक तालिमहरु सञ्चालन गर्दै थप सशक्तिकरण बनाउँदै आइरहेको समेत बताए।साथै दलित समुदायहरुबीच सहभोज कार्यक्रम समेत गरिएको उनले बताए।

यो पनि पढ्नुहोस्