प्यूठान । माण्डवी गाउँपालिका –३ स्थित जस्पुर बजारका पसलहरु अनुगमन गरिएको छ । सोमवार जस्पुर बजारका १२ वटा खाद्यन्न तथा किराना पसलहरु अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा केही व्यापारीहरुले व्यवसायी दर्ता, होडिङ बोर्ड, नवीकरण, मूल्य सूची, बस्तुकाे लेवल र बिलजस्ता कुराहरु लागू नगरेको पाइएको थियो । त्यस्ता व्यवसायीहरुलाई प्रचलित कानुनले निर्धारण गरेका आवश्यक कागजात चुस्तदुरुस्त राख्न र आवश्यक सुधारका लागि घरेलु तथा साना उद्योग कार्यालय प्यूठानका प्रमुख लोकराज थापाले सुझाव दिइएका थिए ।त्यस्तै उपभोक्ता हित संरक्षणको लागि सचेत गराउँदै सुधारका लागि सुझाव सहित आवश्यक लिखित निर्देशन दिईएको थापाले बताए । अनुगमनका क्रममा केही पसलहरुबाट ९ हजार ६ सय ३५ रुपैया बराबरको म्याद गुज्रेका सामाग्री बरामद गरेर प्रहरीको रोहवरमा नष्ट गरिएको थियो ।
घरेलु तथा साना उद्योग कार्यालय प्यूठानको आयोजना र जिल्ला प्रशासन कार्यालय प्यूठानको समन्वयमा स्थानिय प्रहरीको सहभागीतामा बजार अनुगमन गरिएको थियो ।
जस्पुर बजारका पसलहरु अनुगमन







