काठमाडाैँ । नेपाल आयल निगमले इन्धनको मूल्य समायोजन गरेको छ। आज राती १२ बजेबाट लागू हुनेगरि डिजेल र मट्टीतेलको मूल्यबढाएको नेपाल आयल निगमले जनाएको छ ।
यस्तै, निगमले पेट्रोल र खाना पकाउने ग्यासको मूल्य यथावत राखेको छ भने हवाई इन्धन आन्तरिक र बाह्य दुवैतर्फको मूल्य घटेको छ। निगमकाअनुसार डिजेल र मट्टीतेलको मूल्य लिटरमा ३ रुपैयाँले बढाइएको छ ।
हवाई इन्धन आन्तरिकतर्फ लिटरमा एक रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर ७ डलरले घटाइएको छ ।








