समय : ०१:३३ pm | आइतबार , माघ ११ गते २०८२

सुन प्रतितोला ३ लाख एक हजार ४०० रुपैयाँ

बुधबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार १०० थियो

स्वर्गद्वारी अपडेट | माघ ९ गते २०८२

काठमाडौँ । स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।  बिहीबारको तुलनामा शुक्रबार प्रतितोला सुन रु नौ हजार २०० र चाँदी रु ३२० ले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख एक हजार ४०० त्यति नै चाँदीको मोल रु छ हजार १९० कायम भएको छ।

गत बुधबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार १०० र त्यति नै चाँदीको मोल रु पाँच हजार ९२० कायम भएको थियो । मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल रु पाँच हजार ८८० कायम भएको थियो ।

यो पनि पढ्नुहोस्