प्युठान।प्युठान करदाता सेवा कार्यालयबाट आर्थिक वर्ष ०८१/०८२ को असार मसान्तसम्म करदाता सेवा कार्यालय प्युठानले बिभिन्न शीर्षकबाट ५० करोड २९ लाख २१ हजार ७९८ रूपैयाँ मात्र राजस्व उठाएको छ।०८१/८२ असार मसान्तसम्म ६० करोड ९७ लाख ४४ हजार ४ सय ६० रूपैयाँ राजस्व उठाउने लक्ष्य लिएको कार्यालयले जनाएको छ।
करदाता सेवा कार्यालयले प्युठान र रोल्पाको ३ स्थानीय तह बाहेक अन्य तहहरुका करदाताबाट राजस्व उठाउदैं आएको करदाता सेवा कार्यालय प्युठानका प्रमुख चन्द्र प्रकास रेग्मीले बताए।यसपटक पुँजीगत खर्च धेरै भएको हुँदा गत आर्थिक वर्षको तुलनामा ८.६८ प्रतिशत बृदी भएको अधिकृत रेग्मीको भनाई छ।
साथै आर्थिक वर्ष ०८१/०८२ असार मसान्तसम्म नयाँ व्यवसायी दर्ता ९ सय ३८ र खारेजी फर्म ४ सय ९४ वटा रहेको छ।यस अवधिका करदाता सेवा कार्यालय प्युठानबाट कर शिक्षा कार्यक्रम बिभिन्न १० स्थानमा हुनुको साथै ५ सय ५४ जना प्रत्यक्ष कार्यक्रममा सहभागी रहेको कार्यालयले जानकारी दिएको छ।
करदाता सेवा कार्यालय प्युठानले यो अवधिमा उठाएको मध्ये आयकर, मुअ कर र अन्त शुल्क कर राजस्वमा सबभन्दा धेरै उठेको हो।