समय : ०३:५७ pm | बिहिबार , असार २६ गते २०८२

तोलामा चार हजार दुई सयले बढ्यो सुनको मूल्य

आज एक तोला सुनको मोल रु एक लाख ९७ हजार १०० कायम भएको छ। 

स्वर्गद्वारी अपडेट | जेठ ३० गते २०८२

काठमाडौँ । गत मङ्गलबारदेखि अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु चार हजार २ सयले वृद्धि भएको छभने चाँदीमा रु १५ ले बढोत्तरी भएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९७ हजार १०० कायम भएको छ भने एक तोला चाँदी रु दुई हजार १६५ मा कारोबार भइरहेको छ । 
    
गत मङ्गलबार एक तोला सुन रु एक लाख ९० हजार तथा सोही परिमाणको चाँदी रु दुई हजार १६५ मा कारोबार भएको थियो । 

यो पनि पढ्नुहोस्