प्युठान।महालेखापरीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदन अनुसार प्युठानका नौ वटा स्थानीय तहको ३१ करोड ९३ लाख रुपैयाँ रकम बजेट बेरुजु देखिएको छ।
जिल्लाको नौ स्थानीय तहहरुमा सबै भन्दा बढी बेरुजु रकम स्वर्गद्वारी नागरपलिकामा रहेको छ।सबै भन्दा कम बेरुजु मल्लरानी गाउँपालिकामा रहेको छ।
स्वर्गद्वारी नगरपालिकाको बेरुजु रकम ५ करोड २६ लाख ६३ हजार रुपैयाँ रहेको छ।मल्लरानी गाउँपालिकाको १ करोड ८९ लाख ३६ हजार रुपैयाँ रहेको छ।त्यस्तै गौमुखी गाउँपालिका २ करोड ५६ लाख ३६ हजार रुपैयाँ, नौबहिनी गाउँपालिकाको २ करोड ९६ लाख रुपैयाँ, प्युठान नगरपालिकाको ३ करोड ८ लाख ७३ हजार रुपैयाँ, सरुमारानी गाउँपालिकाको ३ करोड २४ लाख रुपैयाँ,माण्डवी गाउँपालिकाको ३ करोड ७१ लाख रुपैयाँ, झिमरुक गाउँपालिकाको ४ करोड ६९ लाख ६२ हजार रुपैयाँ र ऐरावती गाउँपालिकाको ४ करोड ६९ लाख ६२ हजार रुपैयाँ बेरुजु रकम रहेको छ ।
प्रचलित कानुन बमोजिम पुर्याउनुपर्ने रीत नपुर्याइ कारोबार गरेको, राख्नुपर्ने लेखा नराखेको, बेमुनासिव तरिकाले आर्थिक कारोबार गरेको रकम कलमलाई बेरुजु भनिन्छ।
#बेरुजु #प्युठान #स्थानीय तह