समय : १०:११ pm | शुक्रबार , वैशाख २६ गते २०८२

सुनको मुल्य घट्यो

स्वर्गद्वारी अपडेट | वैशाख १७ गते २०८२

काठमाडौँ। स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ७ सयले घटेको छ ।

मङ्गलबार प्रतितोला रु एक लाख ८८ हजार ८०० मा कारोबार भएको पहेँलो धातु रु एक लाख ८८ हजार १०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको मूल्य प्रतितोला रु ५ ले घटेर एक हजार ९६५ कायम भएको छ । मङ्गलबार पनि सोही परिमाणको चाँदी रु एक हजार ९७० मा कारोबार भएको थियो ।  


अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन तीन हजार तीन सय १० अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्