समय : १०:२५ am | शुक्रबार , चैत्र १ गते २०८१

प्राध्यापक पेशा छोडी व्यापारमा भविष्य खोज्दै : आचार्य

राधिका भुषाल | फागुन २१ गते २०८१

प्यूठान। पछिल्लो समय जागिर पेशामा लागि दौडिरहेको युवाहरुको भिडमा सन्देश आचार्यले बेग्लै पहिचान बनाउन सफल भएका छन् ।

मल्लरानी गाउँपालिका ४ खलंगा स्थायी घरमा भएका आचार्यले प्राध्यापक पेशा छोडेर व्यवसाय विस्तार गरिरहेका छन् । ८ वर्ष प्राध्यापन पेशामा लागेको बताउदै प्यूठान क्याम्पस खलंगामा सहायक क्याम्पस प्रमुखको रुपमा प्राध्यापन गर्दै आएका थिए । पेशामा भन्दा ब्यापारमा भविष्य उज्जवल देखेर प्राध्यापक पेशालाई विट मादै व्यवसायलाई फस्टाउदै लगेको उनले बताए । ‘अगरवत्ति र मैन वत्ति बनाउने व्यवसायबाट व्यवसायीक यात्रा सुरु गरेको थिए ।’ युवा व्यवसायी आचार्यले भने–‘त्यसपछि इलेक्ट्रोनिक पसलबाट पनि सफलता पाउन नसकेपछि डेकोरको व्यापार सुरु गरेको थिए ।’ मल्लरानी ग्रामीण विकास सरोकार केन्द्र अन्तरगत ¥याप प्रोजेक्टको जागिर गरी जम्मा गरेको ३ लाख रुपैयाबाट व्यवसाय सुरु गरेको बताए । हाम्रो राम्रो अर्डर एण्ड सप्लायर्सको शाखा विस्तार गरी खलंगा, बाग्दुला, दाङको लमही र रोल्पाको लिवाङबाट डेकोरको सामान विक्रि गर्दै आएको सुनाए । हाम्रो राम्रो अर्डर एण्ड सप्लायर्सबाट अहिले वार्षिक ५ करोडको कारोबार गर्ने उनले बताए ।

उमेरले मात्रै ३८ वर्ष पुगेका आचार्यले व्यवसाय सुरु गरेको १० वर्ष भएको छ । अहिले ३ करोडको लगानी गरिसकेको उनी बताउछन् । व्यवसाय विस्तारमा श्रीमती इश्वरा आचार्यको राम्रो साथ सहयोग पाएकै कारण व्यवसायीक सफलता मिलेको उनको भनाइ छ  । प्यूठान उद्योग वाणिज्य संघका महासचिव समेत रहेको उनले  ९ जना युवाहरुलाई रोजगारी दिएका छन् ।

हाम्रो राम्रो ग्रुप मार्फत अन्य युवाहरुलाई व्यवसायमा जोडिन सहयोग गरेको बताउछन् । यो ग्रुप मार्फत आचार्यले डेकोरको क्षेत्र अंगालेको बताउदै राजन श्रेष्ठले खलंगामा फेन्सी पसल र शम्भु नेपालीले पोल्टी फिक्स सञ्चालन गरेको उनको भनाइ छ । ‘जुनसकै क्षेत्रका लागेपनि तन, मन र धन सबै लगाएपछि सफल व्यवसायी बन्न सकिन्छ ।’ उनले भने–‘मेरो सफलता मात्र नभइ हाम्रो राम्रो ग्रुपमा जोडिएर व्यवसाय गर्ने साथीभाइलाई पनि सफल व्यवसायी बन्न प्रेरण दिने गरेको छु ।’ पहिलो पटक हेलिकप्टर चढेको आकाशबाट जंगल र पानी मात्रै देखेको बताउदै यि दुइ चिजमा पैसा देखेर नेपालमा काठको व्यवसायबाट सफल हुन सक्ने अठोटका साथ फर्निचर सुरु गरेको उनले बताए । कोहलपुरमा आफ्नै दाइले पनि हाम्रो राम्रो फर्निचर व्यवसाय  गरेको उनको भनाइ छ ।

घरमा सहयोग राखेर आफुले पनि व्यवसायलाई पुरा समय दिने गरेको इश्वरा आचार्यले बताउछिन् । ‘यो व्यवसायबाट हामी खुसी र सन्तुष्ट छौं ।’ उनले भनिन्–‘समाज, समुदायसंग जोडिने व्यवसाय भएकाले धेरै प्रकारका मानिसहरुसंग सम्पर्क समन्वय गर्दै काम गर्दा खुसी छौ ।’ अध्ययन क्षेत्रमा एम.ए गरेकी आचार्यले महिलाहरुले हरेक क्षेत्रको नेतृत्व गर्न आर्थिक रुपमा सक्षम भएमा धेरै सहज हुने गरेको बताउछिन् ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्