प्युठान।आर्थिक वर्ष २०८०/८१ मा प्युठानका ९ स्थानीय तहहरुले बजेट फ्रिज भएको रकमको विवरण बुझाएका छन्।जसमध्ये १८ करोड बढी रकम खर्च हुन नसकेर फिर्ता ‘फ्रिज’ भएको छ।
ससर्त, समपुरक, र बिशेष अनुदान सङ्घ र प्रदेश सरकारको १८ करोड ८९ लाख ९२ हजार ३ सय ४८ दशमलव ७९ रुपैंया रकम फिर्ता खर्च हुन नसकेर फिर्ता ‘फ्रिज’ भएको छ।खर्च हुन नसकेर फिर्ता भएको कोष तथा लेखा नियन्त्रक कार्यालय प्युठानको लेखापाल श्री नारायण चौधरीले जानकारी दिइन्।
सबैभन्दा धेरै बजेट फ्रिज गर्ने ऐरावती गाउँपालिका र कम बजेट फ्रिज गर्ने नौबहिनी गाउँपालिका रहेको छ।त्यस्तै ऐरावती गाउँपालिका ३ करोड ३४ लाख ३१ हजार ८ सय ८७ रुपैंया रहेको छ।सरुमारानी गाउँपालिकाको २ करोड ५८ लाख ६४ हजार ४ सय ७९ दशमलव २ रुपैंया,माण्डवी गाउँपालिकाको २ करोड ३६ लाख ६८ हजार ६ सय ४३ दशमलव २ रुपैंया,प्युठान नगरपालिकाको २ करोड २९ लाख ९० हजार ९ सय १२ रुपैया,स्वर्गद्वारी नगरपालिकाको २ करोड १६ लाख २७ हजार ७ सय ५३ दशमलव २१ रुपैंया, झिमरुक गाउँपालिकाको २ करोड २८ लाख ८० हजार ८ सय १८ रुपैंया, मल्लरानी गाउँपालिको १ करोड ४७ लाख ४४ हजार ८ सय ६३ रुपैंया,नौबहिनी गाउँपालिकाको १ करोड ३४ लाख ५० हजार ६ सय ९१ दशमलव ९४ रुपैंया र गौमुखी गाउँपालिकाको १ करोड २६ लाख ४ हजार ३ सय २९ दशमलव ५२ रुपैंया रहेको कोष तथा लेखा नियन्त्रक कार्यालय प्युठानका लेखापाल चौधरीले बताए।
खर्चको लागि सरकारका प्रत्येक निकायलाई विभिन्न खर्च शीर्षकअन्तर्गत रहेर कति रकम पाउने भनी अख्तियारी दिइन्छ, जसलाई बजेट विनियोजन भनिन्छ।खर्च गर्न उपलब्ध गराइएको रकम र त्यो खर्च गर्न दिइएको अख्तियारी हुँदाहुँदै पनि रकम खर्च नहुनु नै बजेट फ्रिज हुनु हो।