समय : ०५:३९ am | आइतबार , भाद्र २२ गते २०८१

घरेलु कार्यालय प्युठानमा नयाँ फर्म दर्ता भन्दा खारेजी धेरै  

स्वर्गद्वारी अपडेट | असार ३० गते २०८१

प्युठान।घरेलु तथा साना उद्योग कार्यालय प्युठानले एक वर्षको अवधिमा ४६ फर्म खारेजी गरेको छ।आर्थिक वर्ष २०८०/०८१ मा जिल्लामा सञ्चालित उक्त फर्म खारेज भएका हुन्।  

सञ्चालनमा नरहेका र खारेज गर्न निवेदन दिएपछि कार्यालयले ती फर्म खारेज गरेको कार्यालयका सुचना अधिकारी चम्पक श्रेष्ठले बताए।यता चालु आर्थिक वर्ष ०८०/८१ मा ३६ वटा नयाँ फर्म दर्ता भएको सुचना अधिकारी श्रेष्ठको भनाई छ।‘प्रदेश सरकारले स्थानीय तहहरुलाई ५ लाख सम्मको व्यवसाय/उद्योग पालिकामै दर्ता हुने अधिकार दिएको छ।’उनले भने-‘पालिकामै दर्ता हुने भएपछि यस कार्यालयमा दर्ता थोरै भएको हो।’ कोभिड पछी आर्थिक मन्दीले गर्दा ब्यापार व्यवसायमा लगानी गर्नेको संख्या पनि घटेको बताउदै चलिरहेको ब्यापार पनि घाटामा जान थालेपछी फर्म खारेजी गर्न आउनेको संख्या बढेको उनले बताए।   

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्