समय : ०९:०३ am | शुक्रबार , कार्तिक २ गते २०८१

माण्डवी गाउँपालिकाको ८३ प्रतिशत खर्च

स्वर्गद्वारी अपडेट | असार २५ गते २०८१

प्युठान।माण्डवी गाउँपालिका प्यूठानले योजना तथा कार्यक्रमको वित्तिय प्रगति सार्वजनिक गरेको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ मा ८३ दशमलव ५४  प्रतिशत वित्तीय प्रगति प्राप्त गरेको माण्डवी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत प्रकाश पाण्डेले बताए ।

यस पालिकाको चालू आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजित ४२ करोड २१ लाख २० हजार ४१३ मध्ये ३५ करोड २६ लाख ४० हजार ३७ रुपियाँ ३१ पैसा अर्थात् ८३ दशमलव ५४ प्रतिशत खर्च भएको प्रमुख पाण्डेले बताए।
‘गाउँपालिकावासी सम्पूर्ण जनसमुदाय सहयोग र कर्मचारी प्रशासनको मेहनतले यो सफलता प्राप्त गरेका हौं।’प्रशासकिय प्रमुख पाण्डेले भने–‘राजनितिक नेतृत्वको चासो र सहयोगका साथै कर्मचारीहरुको टिमवर्क, मेहनत, कामप्रतिको लगाव र कानुनको परिपालना गर्दा यो सफलता मिलेको हो।”आगामी आर्थिक वर्षमा यस प्रगतीलाई थप उचाइमा लग्ने हिसावले काम गर्ने योजना बनाएको उनले बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्