समय : ०८:५५ am | शुक्रबार , कार्तिक २ गते २०८१

सरुमारानीको वित्तिय प्रगती सार्वजनिक

स्वर्गद्वारी अपडेट | असार २३ गते २०८१

प्युठान । सरुमारानी गाउँपालिका प्यूठानले योजना तथा कार्यक्रमको वित्तिय प्रगति सार्वजनिक गरेको छ ।
प्यूठानको नौ स्थानीय तह मध्ये यस गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०/०८१ को आफ्नो वित्तिय प्रगती सार्वजनिक गरेको हो । पालिकाले चालु आर्थिक वर्षमा ९० दशमलव ६२ प्रतिशत वित्तिय प्रगती प्राप्त गरेको सरुमारानी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले जानकारी दिए ।
यस पालिकाको चालू आर्थिक वर्ष २०८०/०८१ का लागि विनियोजित ४४ करोड १५ लाख २८ हजार ३०७ मध्ये ३५ करोड १७ लाख ३८ हजार ८ सय ९३ रुपियाँ ७८ पैसा अर्थात ७९.६६ प्रतिशत खर्च भएको प्रमुख देविराम पाठकले बताए ।
‘गाउँपालिकावासी सम्पूर्ण जनसमुदाय सहयोग र कर्मचारी प्रशासनको मेहनतले यो सफलता प्राप्त गरेका हौं ।’ प्रशासकिय प्रमुख पाठकले भने–‘राजनितिक नेतृत्वको चासो र सहयोगका साथै कर्मचारीहरुको टिमवर्क, मेहनत, कामप्रतिको लगाव र कानुनको परिपालना गर्दा यो सफलता मिलेको हो ।’ आगामी आर्थिक वर्षमा यस प्रगतीलाई थप उचाइमा लग्ने हिसावले काम गर्ने योजना बनाएको उनले बताए ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्