समय : ०५:२९ am | आइतबार , भाद्र २२ गते २०८१

प्युठानको झिमरुकमा सबैभन्दा बढी बेरुजु

स्वर्गद्वारी अपडेट | जेठ १६ गते २०८१

प्युठान।महालेखापरीक्षकको कार्यालयले आइतबार सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार प्युठानका नौ वटा स्थानीय तहको ३७ करोड २१ लाख २५ हजार रुपैयाँ रकम  बजेट बेरुजु देखिएको छ।

जिल्लाको नौ स्थानीय तहहरुमा सबै भन्दा बढी बेरुजु रकम झिमरुक गाउँपालिकामा रहेको छ। सबै भन्दा कम बेरुजु सरुमारानी गाउँपालिकामा  रहेको छ। झिमरुक गाउँपालिकाको बेरुजु रकम हजारमा ६२६८२ (६.२५प्रतिशत) र सरुमारानी गाउँपालिकाको हजारमा ७९७० (०.७६ प्रतिशत) रहेको छ।त्यस्तै  गौमुखी गाउँपालिका बेरुजु रकम हजारमा ५०९०१ (५.५९प्रतिशत),मल्लरानी गाउँपालिका हजारमा बेरुजु रकम हजार ५०९०१(५.५९प्रतिशत),प्युठान नगरपालिका बेरुजु हजारमा ७०५७५  (५.२४ प्रतिशत), स्वर्गद्वारी नगरपालिकाको बेरुजु हजारमा ६३१७२ (४.३९प्रतिशत), नौबहिनी गाउँपालिकाको बेरुजु रकम हजारमा ३१४० (२.९३ प्रतिशत), ऐरावती गाउँपालिकाको बेरुजु रकम हजारमा ३०९०१(२.७३प्रतिशत),माण्डवी गाउँपालिकाको बेरुजु रकम हजारमा १३३१८(१.३३ प्रतिशत) रहेको छ ।                       

प्रचलित कानुन बमोजिम पुर्‍याउनुपर्ने रीत नपुर्‍याइ कारोबार गरेको, राख्नुपर्ने लेखा नराखेको, बेमुनासिव तरिकाले आर्थिक कारोबार गरेको रकम कलमलाई बेरुजु भनिन्छ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्