समय : ०८:५२ pm | बिहिबार , मंसिर ६ गते २०८१

सदुगुरुका भनाईहरु

स्वर्गद्वारी अपडेट | वैशाख २४ गते २०७९

-संसारका अधिकांश मानिस व्यस्त छैनन्, उनीहरु केही न केही कुरामा अल्झिएका छन् । -कुनै पनि सम्बन्ध सम्पूर्ण हुँदैन, यो सधैं परिवर्तनशील हुन्छ । यसलाई तपाईंले हरेक दिन सही ढंगले सम्हाल्नुपर्छ ।
-जीवन समयको सानो अंशमात्र हो । यदि तपाईं जीवनलाई महत्त्व दिनुहुन्छ भने तपाईंले हरेक चिज सही समयमा गर्नुपर्दछ ।
-बाध्यात्मक प्रवृत्ति एक अन्धकार जस्तै हो, तपाईं अन्धकारसँग लड्न सक्नुहुन्न । तपाईंले केवल चेतनाको प्रकाश छर्नुपर्छ । -बच्चाहरु कहिल्यै खराब हुँदैनन्, केवल प्रभावहरु खराब हुन्छन् । -निश्चलता सबैभन्दा उच्चस्तरको तीव्रता हो । जब तपाईंभित्र निश्चलता आउँछ, तब तपाईंको शरीर, मन र ऊर्जाहरुमा जवर्जस्त तीव्रता हुन्छ । -अटुट र अनवरत प्रतिबद्धताले तपाईं निकै अविश्वसनीय चिजहरु सिर्जना गर्न सक्नुहुन्छ । -पैसा कमाउने बारेमा मात्र नसोच्नुहोस्, सही तरिकाले जीवन जिउने बारेमा पनि सोच्नुहोस् । -पीडा-कष्टको डरले, तपाईंको जीवनका प्रचुर सामर्थ्य र सम्भावनाहरु नष्ट हुन्छन् । -जब तपाईंभित्र पीडा, निराशा वा क्रोध उत्पन्न हुन्छ, तब त्यो समय हो आफूभित्र हेर्ने । न कि आफ्नो वरिपरी । -जीवन एक प्रक्रिया हो, न कि कुनै समस्या । प्रश्न केवल यो हो, तपाईंले आफूलाई यस प्रक्रियाको लागि तयार गर्नुभएको छ कि छैन ? -जीवनमा सही र गलत भन्ने त्यस्तो कुनै चिज हुँदैन । प्रश्न यो हो कि के तपाईंका कार्यहरु उपयुक्त वा उचित छन्, के तिनले सबैलाई समावेश गर्छन् ?

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्