समय : १२:३५ am | मङ्गलबार , भाद्र ३१ गते २०८१

     यहाँ !

स्वर्गद्वारी अपडेट | वैशाख १८ गते २०७९
                                                           कविता          यहाँ !       लेखक ः लव कुमार अधिकारी हत्यारा र दोषीहरु साधु मान्नु पर्दो रहेछ यहाँ डर, त्रास र धम्कीको भरमा सबैले सोझो, सिधा अनि निमुखा भइ ठगिनु पर्दो रहेछ यहाँ डाक्टरको सानो प्रिस्किप्सनको भरमा सबैले कति निर्भमता पूर्वक तातो गोली खानु पर्दा रहेछ यहाँ अज्ञात इसारा र आँखाको सन्काइको भरमा सबैले निर्दोष दाजु भाइको हत्या गर्ने बाह्य हुनु पर्दो रहेछ यहाँ ठुला र धनीको इच्छा अनि आदेशको भरका सबैले वाध्यतावस नोकर भनि दाषको पगरी गुथ्नु पर्दो रहेछ यहाँ नेता, साम्सद अनि मन्त्रीको भाषणको भरमा सबैले नेपाल आमालाई रुवाउनु पर्दो रहेछ यहाँ दाजुभाइको आपसी लडाइले गर्दा समाजमा अपमान र बेइजत कमाउनु पर्दो रहेछ यहाँ प्राणघातक रोगबाट मुक्त नभइकन महंगी र भष्ट्राचार गराउनु पर्दो रहेछ यहाँ गरिब र निमुखा जनताहरुको ढाड सेक्न ठुला अवरोध र बाधासंग कडा प्रतिस्पर्धा गर्नु पर्दो रहेछ यहाँ अरुका झुटा अरोप र दोषका भरमा सबैले लुटपाट, आतंक र बलत्कार गर्नु पर्दो रहेछ यहाँ ठुला र धनीको इच्छा अनि आदेशको भरमा सबैले वम, बारुद र गोलीको भरमा बाँच्नु पर्दो रहेछ यहाँ अशान्ती र भष्ट्राचारको घेराबाट मुक्ती नहुन्जेलसम्म फुस्रा, खोक्रा र आदर्शका भाषण सुन्नु पर्दो रहेछ यहाँ त्यसैले त सबैले.................... धुँवा र बारुदमा रुमल्लिनु पर्दो रहेछ यहाँ अशान्तीले छाउनु पर्दो रहेछ यहाँ नचाहेर हाँस्नु पर्दो रहेछ यहाँ चोट विना घायल बन्नु पर्दो रहेछ यहाँ आँसु विना रुनु पर्दो रहेछ यहाँ यहाँ, त यस्तै यस्तै पो रहेछ ! लेखक लव कुमार अधिकारी स्टेशन म्यानेजर रेडियो स्वर्गद्धारी माण्डवी गाउँपालिका ३ जस्पुर प्यूठान

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्