समय : ०५:१९ am | आइतबार , भाद्र २२ गते २०८१

भत भति पोल्नेछ तिमीलाई

स्वर्गद्वारी अपडेट | माघ ९ गते २०८०

तुल्सी कार्की

भत भति पोल्नेछ तिमीलाई

बास भत्किदा र सहिको दिन आउदा

तिमीसंग आश भरोसामा जुटेकालाई उनैको बास भत्काउने तिमी

गलत छ भनी थाहा हुँदाहुदै गलतलाई अङगालोमा छोप्ने तिमी ।

जानी नजानी आफै फसेको थाहा नपाई अरुलाई फसाए भन्ने तिमी

अरुलाई त ढाटुला तर सक्दैनौ आफ्नो मनलाई

हो तिमिलाई भतभति पोल्ने छ।

तिमी बिर्सन्छौ सबैको क्षमता हुन्छ भनेर

अनि अङगाल्छौ भुसिया कुकुरलाई तिमी  

के-को नेतृत्व जब न्याय र अन्याय थाहा नभएपछि

हुर-हुर पछि लाग्ने सबै बिर्सने केही धनराशि पाएपछि।

धनमा सहिलाई बेचि गलतलाई किन्ने तिमी

सबैलाई बिर्सि एक अनचिनारु लुटेरालाई चिन्ने तिमी

भत-भति पोल्नेछ तिमिलाई जब प्रश्न गर्ने पुस्ता आउछ

एउटा स्वार्थमा लड्ने स्वार्थ पूरा भएपछि चुपचाप लाग्ने तिमी।

फरकपन आश भरोसा के रह्यो अरुमा र तिमी

विचरा उसैलाई साहारा चाहिएको छ त्यहि साहारा लुटेर पेट पाल्ने तिमी

आदर्शको ढाँट अनि नसक्ने आँट देखाउने तिमी  

केही नदेखेको,गणतन्त्र नाममा निरङकुशता देखाउने तिमी।

झलझलि देखिने प्रमाणमा नदेखेजस्तो गर्ने तिमी

भत-भति पोल्नेछ तिमिलाई जब

अनि तिम्रो मनले सोध्नेछ

भत भति पोल्नेछ तिमीलाई।

अरुको स्वाभिमान हुन्छ थाहाछैन स्वाभिमान गुमाएको तिमी

सधै निहुरिनु पर्ने अरुलाई ढाट्ने मनलाई ढाट्न खोज्ने तिमी

गुलामी पनि हद हुन्छ सहि बिर्सेर झुटको साहारा दिने तिमी

कहिलेकाही निहुरिदा पिडाबोध हुन्छ तर स्वाभिमान बेचेको तिमी।

अमर जुगजुग जिउने र ठुलो मान्छे बन्ने आश भएको तिमी

सबै भए पनि कोहि, केही नभएको र पछुतो हुनेछ

अनि भत भति पोल्नेछ आफ्नो मनलाई सोध तिमि।

(लेखक कार्की माण्डवी गाउँपालिकाको शिक्षा शाखा प्रमुख हुनुहुन्छ)

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्