समय : ०४:५७ pm | सोमबार , चैत्र २ गते २०८२

माण्डवीको हाट बजार टहरो प्रयोग विहीन  

माण्डवी गाउँपालिका -३ जस्पुरमा निर्माण गरिएको कृषि उपजहरु बिक्रीवितरण घर (कोसेली घर),कृषि एम्बुलेन्स र चिस्यान केन्द्र समेत लामो समय देखी संचालनमा आउन सकिरहेको छैन।

स्वर्गद्वारी अपडेट | चैत्र २ गते २०८२

प्युठान।माण्डवी गाउँपालिकाले निर्माण गरेको हाटबजार टहरो प्रयोग विहिन भएको छ।उक्त टहरो कृषकले उत्पादन गरेका बस्तुहरुलाई सहज रुपमा बिक्री वितरण गर्ने उद्देश्यले निमार्ण गरिएको हो।

हाट–बजारमा बीचौलिया कम हुने भएकाले किसानले राम्रो मूल्य पाउँछन् र उपभोक्ताले ताजा उत्पादन सस्तोमा उपभोग गर्ने हुँदा पालिकाले कृषि हाट बजारलाई पहिलो प्राथमिकतामा राखेर संरचना निर्माण गरेका हुन्।तर पालिकाका कृषक, कृषकलाई संरक्षण गर्ने निकाय र कृषि सहकारीहरुको आपसी समन्वय कारणले हाटबजार अलपत्र परेको हो।

आर्थिक वर्ष २०८०/०८१ मा हाटबजार संचालन गर्ने उदेश्यले माण्डवी गाउँपालिका -५ चकचकेमा निर्माण गरिएको उक्त संरचना ४ लाख ८० हजारको लागतमा निर्माण भएको सोहि वडाका वडाध्यक्ष दुर्गा प्रसाद आचार्यले बताए।पालिकाको बजेटमा निर्माण गरिएको उक्त टहरो हाल अलपत्र अवस्थामा रहेको वडाध्यक्ष आचार्यको भनाई छ।

माण्डवी गाउँपालिकाको हाटबजार संचालनको लागि उपयुक्त ठाउँ भएपनि हालसम्म के कारणले संचालनमा ल्याउन सकिरहेको छैन त्यसबारे पालिकाले स्पष्ट धारणा दिनुपर्ने माण्डवी गाउँपालिका -५ चकचकेका स्थानीय तुल्सीराम केसीले बताए।जे उद्देश्यका साथ निर्माण गरिएको हो सो नहुँदा लगानी खेर जाने त होईन भन्नेमा यहाँका स्थानीयहरुले चिन्ता व्यक्त गर्न थालेका समेत केसीको भनाई छ।

उता माण्डवी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भिम प्रसाद भण्डारीले स्थानीय उत्पादन नहुँदा हाट बजार संचालनमा कठिनाई परेको बताए।

माण्डवी गाउँपालिका -३ जस्पुरमा निर्माण गरिएको कृषि उपजहरु बिक्रीवितरण घर (कोसेली घर),कृषि एम्बुलेन्स र चिस्यान केन्द्र समेत लामो समय देखी संचालनमा आउन सकिरहेको छैन।

यो पनि पढ्नुहोस्