समय : ०९:५० pm | शुक्रबार , वैशाख २६ गते २०८२

प्यूठान नगरपालिकामा तरकारीजन्य बस्तुको व्यवस्थापन गरिदै

स्वर्गद्वारी अपडेट | वैशाख १८ गते २०८२

प्यूठान।प्यूठान नगरपालिकाले फलफुल तथा तरकारी जन्यबस्तुलाई व्यवस्थापन गर्न थालेको छ।प्यूठान नगरपालिका वडा ३ जुम्री स्थित नागवेली बहुउदेश्यीय कृषि सहकारी संस्थाको थोक बजारमा संकलन गरी बजारीकरणमा लैजाने थालेको हो।

तरकारी जन्यवस्तुमा आत्मनिर्भर बनाउनुका साथै कृषकको उत्पादनलाई सहज रुपमा बजारीकरण गर्ने उदेश्यले आयातित तरकारी जन्यवस्तुमा प्रति के.जी. २० पैसाको दरले राजश्व उठाउन थालिएको प्यूठान नगरपालिकाका नगरप्रमुख विष्णु योगीले बताए ।‘नगरक्षेत्र भित्रका कृषकलाई बजारीकरणमा आधारित प्रति के.जी. ५ रुपैया अनुदान दिदैछौं।’ नगर प्रमुख योगीले भने–‘हाम्रो खपत, उत्पादन र व्यवस्थापन तथा नियमनका लागि थोरै शुल्क निर्धारण गरिएको मात्रै हो।’ दुग्धजन्य बस्तुमा प्रति लिटर १० रुपैया अनुदान दिदैं गर्दा चालु आर्थिक वर्षमा १ लाख २० लिटर दुध उत्पादन हुने अनुमान गरिएको उनले बताए।बाहिरबाट आउने तरकारीको रेकर्ड राख्ने र हाम्रो उत्पादनलाई प्रोत्साहित गरि संकलन केन्द्र मार्फत किसानले ढुक्कसंग उत्पादित बस्तु विक्री गर्न पाउने उनको भनाइ छ।

प्यूठान नगरपालिका क्षेत्र बाहिरबाट आयात हुने तरकारी तथा फलुफुलमा प्रति केजी २० पैसाका कर लिने गरी बुधबार देखि लागु गरिएको संस्थाका अध्यक्ष विष्णु पाण्डेले बताए।‘नगरपालिका भित्रको खपत र उत्पादनको अवस्थाको अध्ययन गरिसकेका छौं।’ अध्यक्ष पाण्डेले भने–‘प्यूठान नगरपालिकाले लिने यो करले कृषकहरुलाई एकीकृत गर्नेछ।’ हामीले प्युठानसंग समन्वय गरेर एकीकृत बजारीकरणका निम्ती काम गर्न थालेको बताउदै जिल्लाभर संकलन केन्द्र विस्तार गर्ने अध्यक्ष पाण्डेले बताए।  

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्