समय : ०५:३४ am | आइतबार , भाद्र २२ गते २०८१

उखु जुसबाट मनग्य आम्दानी गर्दै भुसाल

स्वर्गद्वारी अपडेट | चैत्र २० गते २०८०

प्युठान । अर्काको देशमा पसिना बगाएर दुःख गर्नुभन्दा आफ्नै ठाउँमा सानै भए पनि व्यवसाय गर्न सके स्वदेशमै राम्रो कमाइ गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् गणेश भुसाल।

प्युठान नगरपालिका -५ ढुङ्गेठाटिका २३ वर्षीय गणेश भुसाल उखु पेल्नमै व्यस्त छन्। गर्मीयाम सुरु भएसँगै फागुन पहिलो साता देखी उनको दैनिकी उखु पेल्ने मेसिनसँगै बित्छ।

गर्मीयाम सुरु भएकाले उखुको जुस सबैको रोजाइमा पर्छ, दैनिक दुई देखी चार हजार रूपैयाँभन्दा बढी आम्दानी भइरहेको छ', उनले भने, 'स्वदेशमै यति राम्रो आम्दानी भएपछि विदेश जानुपर्ने बाध्यता छैन।' खर्च कटाएर दैनिक २ हजार पाँचसय रूपैयाँ बचत हुने गरेको उनको भनाइ छ।निर्वामुखी खेतीपाती गर्दै आएको  करिव १५ रोपनी  आफ्नै जमिनमा अहिले उखु खेती गरिरहेको उनी  बताउछन।'हामि जस्ता काम गर्ने कृषकहरुलाई स्थानीय सरकारले केही नौला कार्यक्रम गरेर प्रोत्साहन गर्नु पर्ने हो।' युवा व्यवासायी भुसाल भन्छन्- ' तर हामी जस्ता कृषकलाई गाउँघरकै सरकारले समेट्न सकेको छैन।' आफ्नै ठाउँमा कृषि कर्म गरेर जिबिको निर्वाह गर्ने कृषक एवंम् युवा जनशक्तिलाई सरकारले उचित सम्बोधन गर्न नसक्दा दिन प्रतिदिन युवाहरु  बिदेशिनु परेको गुनासो समेत पोखे।  

त्यसै गरी जुम्री ,भिंग्री र बिजुवार तिन ठाउँमा जुस पसलको शाखा बिस्तार गरेको समेत भुसालको भनाई छ।आफ्नै जमिनमा उखु उत्पादन कम भएर कहिलेकाही बाहिरबाट समेत उखु खरिद गर्ने उनले बताए।५० रूपैयाँ प्रतिगिलासका दरले उखुको जुस बिक्री गर्दै आएका छन्।

करिव चार वर्ष पहिले १ लाख ५० हजार  रूपैयाँमा उखु पेल्ने मेसिन खरिद  गरेर व्यवसाय सञ्चालन गरेका बताए। स्वदेशमा रोजगारी नपाएपछि युवा विदेशिने क्रम बढिरहेका बेला आफु भने स्वदेशमै केही गर्न सकिन्छ भनेर व्यवसायमा लागेको बताउँछन्।

One thought on “उखु जुसबाट मनग्य आम्दानी गर्दै भुसाल

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्