समय : ०४:४९ pm | सोमबार , भाद्र २२ गते २०८३

प्युठानमा २ हजार ५ सय ५७ किशोरीलाई एचपीभी खोप दिइने

स्वर्गद्वारी अपडेट | भाद्र २२ गते २०८३

प्युठान।पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप प्युठान  जिल्लामा यही भदौ २४, २५ र २६ गते सञ्चालन हुने भएको छ।खोप अभियानअन्तर्गत जिल्लाभरका २ हजार ५ सय ५७ जना किशोरीहरूलाई खोप प्रदान गर्ने लक्ष्य राखिएको छ।

कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत कक्षा ६ मा पढ्ने छात्राहरू तथा विद्यालय नजाने १० वर्ष उमेरका किशोरीहरूलाई एचपीभी खोप प्रदान गरिने स्वास्थ्य कार्यालय प्युठानका बरिस्ठ जनस्वास्थ्य अधिकृत  मधुसुदन खड्काले जानकारी दिए।

प्युठानमा आर्थिक वर्ष २०८२/८३ मा नियमित खोप कार्यक्रमअन्तर्गत २  हजार ६ सय ३३ जना किशोरीले खोप प्राप्त गरेका थिए।

सरकारले पाठेघरको मुखको क्यान्सरलाई सन् २०३० सम्ममा निवारण गर्ने उद्देश्यका साथ हरेक वर्ष किशोरीहरूलाई एचपीभी खोप प्रदान गर्दै आएको छ।

खोप कार्यक्रम सफल बनाउन सम्बन्धित सबै किशोरी, अभिभावक, विद्यालय तथा सरोकारवाला निकायलाई सक्रिय सहभागिताका लागि स्वास्थ्य कार्यालय प्युठान आग्रह गरेको छ।

यो पनि पढ्नुहोस्