समय : ११:२२ am | सोमबार , भाद्र १ गते २०८३

कस्तो रहनेछ आजको मौसम ?

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

स्वर्गद्वारी अपडेट | भाद्र १ गते २०८३

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपाल नजिक छ।

सोमबार देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा पनि वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भने धेरै भारी वर्षा हुन सक्नेछ।

यो पनि पढ्नुहोस्