प्युठान।प्युठान अस्पताल विकास समिति प्युठानको अध्यक्षमा कृष्ण प्रसाद बसेल (रोयल कृष्ण ) नियुक्त भएका छन्।बुधबार लुम्बिनी प्रदेशको मन्त्री स्तरीय निर्णय अनुसार बैठकले बसेललाई प्युठान अस्पताल विकास समितिको अध्यक्षमा मनोनित गर्ने निणर्य गरेको हो।
बसेल यस अघि २९ दिन सम्म प्युठान अस्पतालमा अध्यक्षको जिम्मेवारी रहदाँ डायलासिस मेसिन संचालनको प्रक्रिया, अस्पताल परिसर अस्तव्यस्त पार्किंङ ब्यबस्थापन र लामो समय रोकिएको निर्माणाधीन अवस्थामा रहेको अस्पतालको भवन सुचारु लगायत सकारात्मक कदम चालेका थिए।








