समय : १०:१० pm | शुक्रबार , चैत्र २० गते २०८२

मानसिक रोगीको उपचारमा जुटेका पाण्डे

हरि पौडेलको पारिवारिक अवस्था निकै कमजोर छ।पौडेल हालसम्म अविवाहित छन।

स्वर्गद्वारी अपडेट | चैत्र २० गते २०८२

प्युठान।समाजमा अरूको पीडालाई आफ्नै ठानेर सहयोगको हात बढाउने मानिसहरू कमै भेटिन्छन्। तर प्युठानको ऐरावती गाउँपालिका–६ बैरेनीका युवा समाजसेवी तथा संचारउद्यमी अनुपराज पाण्डे यतिबेला यस्तै उदाहरणीय कामका कारण चर्चा बटुलिरहेका छन्।

लामो समयदेखि शारीरिक तथा मानसिक समस्याबाट पीडित ३१ वर्षीय हरि पौडेललाई समाजसेवी पाण्डेले उद्धार गरेका छन्।आर्थिक अवस्था कमजोर भएका कारण उपचार नगरी घरमै बसेका पौडेललाई आर्थिक संकलन गरि स्वास्थ्य उपचारका लागि पाण्डेले ‘हरि पौडेल बचाउ अभियान’ सञ्चालन गर्दै सहयोग जुटाउने पहल गरेका हुन्।पौडेल हाल काठमाडौंस्थित पाटन अस्पतालमा उपचाररत छन्।

पाण्डेका अनुसार अहिलेसम्म करिब एक सय जना सहयोगी दाताहरुबाट  २ लाख ८० हजार रुपैयाँ संकलन भइसकेको छ। ‘यही सहयोग लिएर उनी चैत्र ८ गते पहिलो पटक काठमाडौं पुगेका थिए।’ ‘मेरो उमेरका धेरै साथीहरू काठमाडौं जाने भनेको पढाइ वा वैदेशिक रोजगारीका लागि मात्र हो।’ उनले भने,‘ तर म गाउँमै बसेर यस्ता अभियान चलाउँदै आएको छु।’ यस मानवीय कार्यमा सहयोग गर्नुभएका प्युठानका  सहयोगी दाताहरु समेतलाई पाण्डेले धन्यवाद दिए।    

हरि पौडेलको पारिवारिक अवस्था निकै कमजोर छ।पौडेल हालसम्म अविवाहित छन। उनका दाई गोबिन्द पौडेलको नौ वर्षीय छोरा हेमन्त पौडेल पनि अटिजमबाट पीडित छन्।

पाटन मानसिक अस्पतालले हरि पौडेललाई अझै करिब एक महिना अस्पतालमै राखेर उपचार गर्नुपर्ने जनाएको छ।नियमित उपचार र सहयोगीहरूको साथले उनको स्वास्थ्यमा क्रमिक सुधार देखिएको पाण्डेले जानकारी दिए।

गाउँमै बसेर सामाजिक अभियानहरू सञ्चालन गर्दै आएका पाण्डेले यसअघि उनले बिक्रम राउत बचाऔ अभियान, घन बहादुर थापालाई सहयोग गरौं अभियान, रमा रायमाझीलाई सहयोग गरौं अभियान, हुम बहादुर थापालाई बचाऔ अभियान, ऐरावतीमा न्यानो कपडा वितरण अभियान र हरि पौडेलको परिवारलाई सहयोग गरौं अभियानहरु संचालन गरिसकेको बताए।

उनको यो पहलले परिवारलाई राहत दिएको मात्र होइन समाजमा सहयोग र सहकार्यको भावना पनि थप बलियो बनाएको छ।

यो पनि पढ्नुहोस्