समय : १०:०२ pm | बुधबार , चैत्र ११ गते २०८२

माण्डवीमा मानसिक स्वास्थ्य प्रवर्धन तथा आत्महत्या रोकथाम सचेतना

स्वर्गद्वारी अपडेट | चैत्र ११ गते २०८२

प्युठान।माण्डवी गाउँपालिकामा मानसिक स्वास्थ्य प्रवर्धन तथा आत्महत्या रोकथाम सचेतना कार्यक्रम सम्पन्न भएको छ।बुधबार पालिकाको वडा -३ देवीस्थान स्थित माण्डवी आधारभूत अस्पतालको सभाहलमा सम्पन्न भएको हो।

कार्यक्रमको मुख्य प्रशिक्षकको रुपमा जनस्वास्थ्य अधिकृत माधव पोखरेल र तेज प्रसाद अधिकारी गाउँपालिकाको आयुबेर्द शाखा प्रमुख (कविराज)ले  सहभागीहरुलाई आत्महत्याको अवस्था, आत्महत्या रोकथाम सम्बन्धी सन्देशमूलक भिडियो र तथ्याङ्क विश्लेषणका सम्बन्धमा प्रस्तुति दिएका थिए। 

माण्डवी गाउँपालिका वडा-३ का वडा सदस्य नारायणी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा माण्डवी गाउँपालिकाका उपाध्यक्ष पूर्ण प्रसाद कालाथोकीले मानसिक स्वास्थ्य सचेतनालाई समुदायस्तरसम्म नै  विस्तार गर्न सके आत्महत्या न्यूनीकरण कम हुने बताए।

माण्डवी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रमको संचालक नारायण जिसीले गरेका थिए।

यो पनि पढ्नुहोस्