समय : १०:१० pm | बिहिबार , असाेज ३ गते २०८१

माण्डवीमा रुखले च्यापेर एकको मृत्यु

सन्तोष सुनार | भाद्र ३१ गते २०८१

प्यूठान।प्यूठानको माण्डबी गाउँपालिकामा रुखले च्यापेर एक जनाको मृत्यु भएको छ।आईतवार माण्डवी गाउपालिका २ मर्कबाङ निवासी दुर्गा बहादुर बि.क.को घरमा विहान ९ बजे रुख ढलेर च्याप्दा उनका छोरा १६ वर्षीय विशाल बि.क.को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका सुचना अधिकारी तथा प्रहरी निरिक्षक केशव केसीले स्वर्गद्वारी अपडेटलाई जानकारी दिए ।

टिनले छाएको कच्ची घर नजिक रहेको रुख अविरल वर्षाका कारण ढली घरमाथि पर्न जाँदा घर भित्र सुति रहेका विशालको मृत्यु भएको सुचना अधिकारी तथा प्रहरी निरिक्षक केशव केसीले बताए शव परीक्षणका लागि जिल्ला अस्पताल बिजुवार प्यूठान पठाईएको छ ।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्