समय : १०:०४ am | शुक्रबार , कार्तिक २ गते २०८१

करदाता सेवा कार्यालय प्यूठानद्वारा ४६ करोड भन्दा बढी राजस्व संकलन

लव कुमार अधिकारी | श्रावण २ गते २०८१

प्युठान।प्युठान करदाता सेवा कार्यालयबाट आर्थिक वर्ष ०८०/०८१ मा करदाता सेवा कार्यालय प्युठानले बिभिन्न शीर्षकबाट ४६ करोड २८ लाख ११ हजार ८ सय ८५ रूपैयाँ मात्र राजस्व उठाएको छ।यो अवधिमा ६३   करोड रूपैयाँ राजस्व उठाउने लक्ष्य लिएको थियो।

यो लक्ष्यको ७८ प्रतिशत मात्रै हो।करदाता सेवा कार्यालयले प्युठान र रोल्पाको ३ स्थानीय तह बाहेक अन्य तहहरुका करदाताबाट   राजस्वको उठाउदैं आएको करदाता सेवा कार्यालय प्युठानका प्रमुख उपेन्द्र बहादुर पुनले बताए।उनले भने -'लक्ष्यअनुसार राजस्व उठेको छैन।‘ यतिबेला आर्थिक मन्दी र आर्थिक क्रियाकलाप चलायमान नभएको साथै र निर्माण व्यवसायीको भुत्तानी नभएकाले गत आर्थिक वर्षको भन्दा कम राजस्व उठेको कर अधिकृत पुनले बताए।

साथै आर्थिक वर्ष ०८०/०८१ मा नयाँ व्यवसायी दर्ता ८ सय ४६ र खारेजी फर्म ७ सय २४ वटा रहेको छ।यस अवधिका करदाता सेवा कार्यालय प्युठानबाट कर शिक्षा कार्यक्रम बिभिन्न १४ स्थानमा हुनुको साथै ६ सय ८५ जना कार्यक्रममा सहभागी रहेको कार्यालयले जानकारी दिएको छ।      

करदाता सेवा कार्यालय प्युठानले यो अवधिमा उठाएको मध्ये आयकर अन्तर्गत,पारिश्रमिक आय कर र पुँजीगत लाभकार राजस्वमा सबभन्दा धेरै उठेको हो।

कमेंट गर्नुहोस

यो पनि पढ्नुहोस्