असाेज १२ गते २०८०
10:04: AM
असाेज १२ गते २०८०
10:04: AM

अत्यावश्यक औषधि नेपालमै उत्पादन गर्नुपर्छ : स्वास्थ्य मन्त्री

माघ १७ गते २०७९
3:54 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
 स्वर्गद्वाारी अपडेट प्यूठान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री पदम गिरीले बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन औषधिहरू बिक्री भइरहेको गुनासो आइरहेको भन्दै सबै ठाउँमा निगरानी बढाउन औषधि व्यवस्था विभागलाई निर्देशन दिनुभएको छ ।मङ्गलवार औषधि व्यवस्था विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गिरीले सीमित क्षेत्रको भन्दा पनि अब सबै ठाउँका फार्मेसीहरूको निरीक्षण र नियमन गर्न आवश्यक रहेको बताउनुभयो । उहाँले निगरानी र निरीक्षणको विषयमा आवश्यक जनशक्ति नभएको वा अन्य कुनै पनि बहाना नबनाइ प्रतिबद्ध भएर निरीक्षणमा लाग्न आग्रह गर्नुभयो ।मन्त्री गिरीले नेपालमा नै अत्यावश्यक औषधि उत्पादन गर्नुपर्ने बताउनुभयो । उहँले नवीकरणसम्बन्धी कामहरू अनलाइन प्रणालीबाट गराउन पनि निर्देशन दिनुभयो ।उहाँले भन्नुभयो, ‘बजारमा अहिले पनि गुणस्तरहीन औषधिहरू छ्यापछ्याप्ती छ भन्ने सुनेका छौँ । पछिल्लो समय सात प्रतिशत गुणस्तरहीन औषधि भेटियो भन्नुभयो, सबै ठाउँमा पुग्ने हो भने यसको आँकडा बढेर जानसक्छ । यसतर्फ हामीले कुनै पनि बहानामा नागरिकको स्वास्थ्यमा खेलबाड गर्नुहुँदैन । मन्त्रालयले के सहयोग गर्नुपर्छ, गर्नेछ । सातै प्रदेशमा औषधि विभागका कार्यालयहरू स्थापना गर्नुपर्छ, आवश्यक जनशक्ति व्यवस्थापन गर्नुपर्छ, अनुगमन र नियमनलाई प्रभावकारी बनाएर जानुपर्छ । अत्यावश्यक औषधि उत्पादनमा नेपाल आफैँ जुट्नुपर्छ, हामी त्यसमा आत्मनिर्भर बन्ने योजना बनाउनुपर्छ । अत्यावश्यक औषधिहरू नेपालमै बनाउने कार्ययोजना बनाउनुपर्छ । व्यापारीहरूले फार्मेसी दर्ता गरेका छाैँ, नवीकरणका लागि हरेक वर्ष काठमाण्डाै जानुपर्छ भन्ने गुनासाे गरेका छन् । यसलाई झन्झटिलो बनाउने होइन, गुणस्तरीय सेवा दिने कुरामा, नियमन र अनुगमनको कुरामा निर्मममतापूर्वक कडाइ गर्नुपर्छ । तर दर्ता गर्ने, नवीकरण गर्नेदेखि लिएर अन्य राज्यले दिने कुराहरूमा सहज र खुकुलो वातावरण बनाइदिनुपर्छ ।’मन्त्री गिरीले स्वास्थ्य विभागमा पूर्वाधारको दुरावस्था रहेको भन्दै पूर्वाधारको निर्माण गरेर अघि बढ्न निर्देशन दिनुभयो । उहाँले औषधि विभागको क्षमता वृद्धि गर्नुपर्ने बताउनुभयो । 
 

रिप्लाई गर्नुहोस