असाेज १२ गते २०८०
08:51: AM
असाेज १२ गते २०८०
08:51: AM

राष्ट्रपतिकाे चुनाव फागुन २५ गते

माघ १६ गते २०७९
3:04 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
सवर्गद्वारी अपडेट प्यूठान ।   निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावकाे मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको चुनाव आउँदो फागुन २५ गते बिहीवार र उपराष्ट्रपतिको चुनाव आउँदाे चैत ३ गते शुक्रवार हुने गरी आज साेमवार मिति तोकेको हो ।प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिनुभयो । आयोगले यसबारे नेपाल सरकारका मुख्य सचिवमार्फत नेपाल सरकार मन्त्रिपरिषद्लाई लेखी पठाउनेछ ।वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ गते सकिँदैछ । 
 

रिप्लाई गर्नुहोस