फागुन १० गते २०८०
07:46: AM
फागुन १० गते २०८०
07:46: AM

१ लाख २८ हजार नगदसहित पर्साबाट १० जना जुवाडे पक्राउ

माघ २ गते २०७९
4:55 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारी अपडेट प्यूठान ।पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले जुवातास खेलिरहेका १० जनालाई पक्राउ गरेको छ ।जुवातास खेल्दै गरेको अवस्थामा प्रहरीले छापामारी गरेर पूर्व वडा अध्यक्ष वेदमन दास थारु, स्थानीय शिक्षक गौरीशंकर चौधरीलगायतलाई पक्राउ गरिएको हो ।
पर्सागढी नगरपालिका–३ बढनियार स्थित भागवत साहको घरबाट नगद र ताससहित उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
१ लाख २८ हजार १ सय ४० रुपैयाँ, ४ बुक ताससहित १० जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page