फागुन १० गते २०८०
06:17: AM
फागुन १० गते २०८०
06:17: AM

आज बिदाको दिन वाणिज्य बैंकहरु खुला हुने

माघ २ गते २०७९
10:28 AM
Author Avatar
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारी अपडेट प्यूठान । । पोखरामा भएको यती एअरको विमान दुर्घटनाको शोकमा सरकारले आज सार्वजनिक बिदा दिए पनि बैंक तथा वित्तीय संस्था भने खुल्ने भएका छन् ।कुमारी, सानिमा, नबिल, नेपाल इन्भेष्टमेन्ट मेगा, सनराइज, लक्ष्मी, माछापुच्छ्रे, एनएमबी, एनआईसी एसिया, सिद्धार्थ लगायतका बैंकहरुले सूचना निकालेर आज निश्चित समयको लागि बैंक खुला हुने जानकारी दिएका छन् ।सानिमा बैंकले आज बिहान साढे १० बजेदेखि दिउँसो साढे १ बजेसम्म सेवा दिने जनाएको छ ।यस्तै, सार्वजनिक बिदामा सञ्चालन हुने काउन्टर सेवा भने साविकको समयतालिका अनुसार नै खुल्ने बैंकले जनाएको छ । साथै चेक क्लियरिङ्ग र आईपीएस सेवा शुक्रवारको समय तालिका अनुसार नै हुने सानिमा बैंकले जनाएको छ ।यसैगरी कुमारी बैंकले पनि पुतलीसडक, न्युरोड, नारायणगढ, धनगढी, कञ्चनपुर र अत्तरियामा रहेका कार्यालयबाट आज सेवा दिने जनाएको छ ।नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आज सेवा दिने कार्यालय र  समय तालिका सार्वजनिक गरेको छ । नबिल बैंकले पनि विराटनगर, वीरगञ्ज, तीनधारा ललितपुर, काठमाण्डौका बिजुलीबजार र महाराजगञ्ज तथा पोखरा, बुटवल र धनगढीमा रहेका कार्यालयबाट सेवा दिने सूचना निकालेको छ ।यी काउन्टरमार्फत् १० लाख रुपैयाँसम्म रकम जम्मा गर्न सकिने र दुई लाख रुपैयाँसम्म निकाल्न सकिने बैंकले जनाएको छ ।  यसैगरी सनराइज बैंकले पनि आज आफ्ना सबै सेवाहरुले दिने जनाएको छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page