मंसिर १३ गते २०८०
03:31: PM
मंसिर १३ गते २०८०
03:31: PM

कपिलवस्तुमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

वैशाख ५ गते २०७९
1:12 PM
Author Avatar
स्वर्गद्वारी अपडेट
 कपिलवस्तु । कपिलवस्तुको कपिलवस्तु नगरपालिका–४ गोपालपुरमा आइतबार बेलुकी मोटरसाइकलको ठक्करबाट एकजना महिलाको मृत्यु भएको छ ।मृत्यु हुनेमा स्थानीय ६५ वर्षीया बृजमती कुमी रहेकी छन् ।मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी उनको उपचारका क्रममा तौलिहवा स्थित जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।हिजो बेलुकी पौने ८ बजे पैदल हिडिरहेकी कुर्मीलाई लु १३ प ८८०९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो ।मोटरसाइकल सहित चालकलाई वडा प्रहरी कार्यालय तौलिहवाले नियन्त्रणमा लिएको छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page