मंसिर १३ गते २०८०
03:18: PM
मंसिर १३ गते २०८०
03:18: PM

आगो निभाउने निभाउने क्रममा एक जनाको ज्यान गयो ७ जना घाईते

वैशाख २८ गते २०८०
8:21 AM
Author Avatar
स्वर्गद्वारी अपडेट

स्वर्गद्वारी अपडेट समाचार डेक्स ।  दैलेखमा डढेलो निभाउने क्रममा घाइते भएका १० जनामध्ये एक जनाको ज्यान गएको छ ।नेपालगञ्जको भेरी अस्पताल पठाएका घाइतेमध्ये एक जनाको उपचारका क्रममा ज्यान गएको दैलेखका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले जानकारी दिनुभयो । ज्यान गुमाउनेमा आठबीस नगरपालिका–६ का भैरे बिक रहेका छन् । अरु ७ जनाको नेपालगञ्जमा उपचार भैरहेको छ । सामान्य घाइते भएका दुई जना प्राथमिक उपचारपछि हिजो नै घर फर्किएका छन् । आठबीस नगरपालिका–६ सिगासैनमा गोरेटो बाटो खन्ने काम गरिरहेका कामदारहरु घाइते भएका थिए । बाटो खन्दै गर्दा जंगल तलबाट आएको डढेलोले उनीहरु जलेका हुन् । गम्भीर घाइतेलाई हिजो नै हेलिकप्टरबाट नेपालगञ्ज पठाइएको थियो ।

 

रिप्लाई गर्नुहोस

You cannot copy content of this page