स्वर्गद्वारी अपडेट समचार डेक्स । सङ्खुवासभाको भोटखोला गाउँपालिका वडा नम्बर ४ को हम्बरेडाँडामा सिम्रिक एअरको हेलिकप्टर दुर्घटना भएको छ। आज दिउँसाे भएकाे दुर्घटनामा पाइलट सुरेन्द्र पौडेल र स्थानीय भविन गुरुङ घाइते हुनुभएको छ । दुवै जनालाई सोलुखुम्बुबाट गएको सिम्रिक एअरकै हेलिकप्टरले उद्धार गरेर थप उपचारका लागि काठमाण्डौ लगेको भाेटखाेला–४ का वडाध्यक्ष विकास तामाङले उज्यालोलाई जानकारी दिनुभयो ।माथिल्लो अरुण जलविद्युत् आयोजनाको सामान बोकेर गएको हेलिकप्टर दुर्घटनमा परेको हो । हेलिकप्टरमा आगो लागेको छैन । वडाध्यक्ष तामाङले हेलिकप्टरमा रहेका अरू दुई जना हाम फालेर सुरक्षित रहेको बताए पनि यसको पुष्टि भएको छैन ।