दाङमा चितुवाको आक्रमणबाट एउटै खाेरका १७ बाख्रा मरे
स्वर्गद्वारी अपडेट
फागुन ३ गते २०७९
7:25 AM
स्वर्गद्वारी अपडेट
स्वर्गद्वारी अपडेट प्यूठान ।
दाङको देउखुरीमा चितुवाको आक्रमणबाट १७ बाख्रा मरेका छन् ।लमही नगरपालिका–१ का वसन्तराज अधिकारीले पालेका १९ वटा बाख्रामध्ये १७ बाख्रा चितुवाले मारिदिएको हो । बाख्राकाे खाेरभित्रै पसेर चितुवाले बाख्रामाथि आक्रमण गरेकाे हाे । आफूले व्यावसायिक रुपमा पालेका बाख्रा मर्दा दुई लाख रुपैयाँ भन्दा बढी क्षति भएकाे पिडित किसान अधिकारीले बताउनुभयाे ।