फागुन १० गते २०८०
06:23: AM
फागुन १० गते २०८०
06:23: AM

राष्ट्रपतिको सवारीको बेला डाक्टर कुट्ने सुरक्षाकर्मीलाई कारबाही गर्न माग

माघ २८ गते २०७९
7:44 AM
Author Avatar
स्वर्गद्वारी अपडेट

स्वर्गद्वारी अपडेट प्यूठान ।
 नेपाल चिकित्सक सङ्घले डाक्टरलाई कुटपिट गर्ने सुरक्षाकर्मीलाई कारबाही गर्न माग गरेको छ । हिजो राष्ट्रपतिको सवारीको बेला सडकमा हिँडडुल गरेको भन्दै प्रहरीले ट्रमा सेन्टरमा कार्यरत डाक्टर जनिथलाल सिंहमाथि लाठीचार्ज गरेको थियो ।अस्पतालमा काम सकेर घर जान लागेका डाक्टरलाई परिचयपत्र देखाउँदासमेत सुरक्षाकर्मीले कुटपिट गरेको भन्दै सङ्घले दोषीमाथि कारबाही गर्न माग गरेको हो । आजसम्म कारबाही नभएमा आन्दोलनका कार्यक्रम घोषणा गर्ने सङ्घले चेतावनी दिएको छ ।यस्तै ट्रमा सेन्टरकी निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर ममता भट्टराईले पनि घटनाको विरोध गर्दै कुटपिट गर्ने सुरक्षाकर्मीलाई कानुनी कारबाही गर्न माग गर्नुभएको छ । उहाँकाअनुसार डाक्टर सिंहको टाउकोमा गम्भीर चोट लागेको छ र उहाँको ट्रमा सेन्टरको आईसीयूमा उपचार भइरहेको छ ।हिजो सङ्घीय संसद्को संयुक्त सदनलाई सम्बोधन गरेर राष्ट्रपति विद्यादेवी भण्डारी फर्कने क्रममा वीर अस्पताल बाहिर हिँडिरहेका डाक्टर सिंहलाई त्यहाँ सुरक्षामा खटिएका प्रहरीले लाठी चार्ज गरेका थिए । राष्ट्रपतिको सवारी व्यवस्थित गर्न भन्दै सरकारले सधैँ सडक खाली गराउने गरेको छ ।सडक खाली हुँदा ट्राफिक अस्तव्यस्त हुने र नागरिकले सास्ती खेप्नु परेपछि सहज सवारी चलाउन माग हुँदै आएको छ । तर सरकार र सुरक्षा निकायले यसको बेवास्ता गर्दै आएका छन् । हिजो पनि राष्ट्रपतिको सवारीको बेला विद्यार्थी, बिरामी, कर्मचारी लगायत काम विशेषले ओहोरदोहोर गर्ने सबैले सास्ती भोग्नुपरेको थियो ।त्यसैगरी, नेपाल चिकित्सक सङ्घले पनि विज्ञप्ति जारी गरेर सुरक्षाकर्मीबाटै गरिएको त्यस प्रकारको अस्वाभाविक र अत्यन्तै भर्त्सनायोग्य गतिविधिप्रति निन्दा व्यक्त गरेर दोषीलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न माग गरेको छ । सङ्घले २४ घण्टाभित्र दोषीमाथि कानुनी कारबाही नगरिएको अवस्थामा आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने बताएको छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page