फागुन १० गते २०८०
07:57: AM
फागुन १० गते २०८०
07:57: AM

सिरियामा भूकम्प पछि भग्नावशेषमै जन्मिएकी शिशुको जिम्मेवारी लिन हजारौँ इच्छुक   

माघ २७ गते २०७९
9:40 AM
Author Avatar
स्वर्गद्वारी अपडेट

स्वर्गद्वारी अपडेट प्यूठान ।

सिरियामा भूकम्पले भत्काएको घरको भग्नावशेषमै जन्मिएकी शिशुको जिम्मेवारी लिन हजारौँले इच्छा देखाएका छन् । गएको सोमवार भूकम्पमा घर भत्किएपछि भग्नावशेषषमै जन्मिएकी शिशुको मङ्गलवार उद्धार भएको थियो । शिशुकी आमासहित परिवारका सबै सदस्यको ज्यान गएको छ । डाक्टरले शिशुको नाम आया राखिदिएका छन् ।अरबी भाषामा आयाको अर्थ जादु अथवा अकल्पनीय भन्ने हुन्छ । उपचार गराइरहेकी आयालाई आफूले पाल्न चाहेको भनेर हजारौँले इच्छा देखाइरहेका बीबीसीले जनाएको छ । एक व्यक्तिले शिशुलाई ग्रहण गरेर उनलाई नयाँ जीवनको बाटो देखाउन चाहेको बताएका छन् ।यस्तै, कुबेतमा टेलिभिजन कार्यक्रम चलाउने एक महिलाले कार्यक्रमबाटै यदि कानुनले दिने भएमा आफूले नै शिशु लिन चाहेको बताएकी खबरमा उल्लेख छ । शिशुको उपचार गराइरहेको अस्पतालका निर्देशक खालिद अतियाहले शिशुलाई जिम्मा लिनको लागि विभिन्न देशबाट दैनिक सयौँ फोन आइरहेको बताउनुभएको छ ।आफ्नो शिशु पनि अहिले जम्मा ४ महिनाको भएको र श्रीमतीले नै आयालाई दूध खुवाइरहेको पनि निर्देशक अतियाहले बताउनुभएको छ । आया आफ्नै छोरी जस्तो लागेको उहाँको भनाइ छ । आया जन्मिएको भवनमा उनका आफन्तको अहिले पनि खोजी भइरहेको छ ।गएको सोमवारको भूकम्पमा परेर अहिलेसम्म २१ हजार जनाको ज्यान गएको छ ।

रिप्लाई गर्नुहोस

You cannot copy content of this page