समय : ०३:५६ pm | सोमबार , भाद्र १६ गते २०८२

साफ च्याम्पियनसिप असारमा गर्ने प्रस्ताव

स्वर्गद्वारी अपडेट | माघ ७ गते २०७९
स्वर्गद्वारी अपडेट प्यूठान, बङ्लादेशमा हुने १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता आउँदो असारमा गर्न प्रस्ताव गरिएको छ । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) ले प्रतियोगिता असार ५ गतेदेखि १८ गतेसम्म गर्न प्रस्ताव गरेको हो । साफको प्रस्तावमा छलफल चलिरहेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव किरण राईले जानकारी दिएका छन् । १४औँ संस्करणको साफ च्याम्पियनसिपमा नेपालसहित ७ देशको सहभागिता हुनेछ । माल्दिभ्समा भएको अघिल्लो संस्करणमा भुटान र पाकिस्तान सहभागी थिएनन् । १३औँ साफ च्याम्पियनसिपमा भारत विजेता र नेपाल उपविजेता बनेको थियो।

यो पनि पढ्नुहोस्