समय : ०६:०० pm | सोमबार , भाद्र १६ गते २०८२

नेपाल टी–२० क्रिकेट लिग : पोखरा र लुम्बिनी तथा काठमाण्डौ र जनकपुर खेल्दै

स्वर्गद्वारी अपडेट | पौष १२ गते २०७९
स्वर्गद्वारी अपडेट प्यूठान, नेपाल टी–२ क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र लुम्बिनी अल स्टार खेल्दैछन् । खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । लुम्बिनीले यसअघि भएका पहिलो र दोस्रो खेल जितेको थियो । अङ्क तालिकामा शीर्ष स्थानमा रहेको लुम्बिनीको २ खेलमा ४ अङ्क छ । पोखरा दुई खेलमा अङ्कविहीन छ । त्यस्तै, आज हुने दोस्रो खेलमा काठमाण्डौ नाइट्स र जनकपुर रोयल्सबीच खेल हुनेछ । यो खेल कीर्तिपुर मैदानमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । जनकपुरले यसअघिका दुई खेलमा जितेर ४ अङ्क जोडेको छ । जनकपुर अङ्कतालिकाको दोस्रो स्थानमा छ । दुई खेलमा पराजित विराटनगर अङ्कविहीन छ । प्रतियोगिताको फाइनल खेल २७ गते हुनेछ । ६ टोली सहभागी प्रतियोगिताको विजेताले ५५ लाख रुपैयाँ पाउनेछ ।

यो पनि पढ्नुहोस्