प्युठान।दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को बिजेता लुम्बिनी लायन्सले विजेता ट्रफी उत्सव यात्रा सुरु गरेको छ।
विजेता टिम लुम्बिनी लायन्सले प्युठानस्थित स्वर्गद्वारी मन्दिरमा पूजा अर्चना गरेको हो।त्यस क्रममा ट्रफीलाई मन्दिर परिक्रमा गराइएको थियो।त्यसपछि भिंग्री बजार हुँदै ३ बजे जस्पुर र ५:३० बजे बिजुवार लैजाने छन्।

बर्दियाबाट दाङ, रुकुम, रोल्पा, प्युठान, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, पाल्पा, नवलपरासी हुँदै पुस १६ गते रुपन्देहीको भैरहवास्थित मायादेवी मन्दिरमा पुगेर विजेता ट्रफी उत्सव यात्रा समापन हुने बताइएको छ ।








