प्युठान।प्यूठानको बिभिन्न ठाउँहरुमालुम्बिनी लायन्सको ‘च्याम्पियन्स ट्रफी’ घुमाउने भएको छ।नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट २०२५ को विजेता टोली लुम्बिनी लायन्सले ‘च्याम्पियन्स ट्रफी सेलेब्रेसन टूर’ सुरु गर्ने भएको हो।
पुस ९ गते बुधबार प्युठानको भिंग्री-स्वर्गद्वारी र १० गते बिजुवार, बरौला र चकचके हुँदै भालुवाङ दाङ सम्म पुर्याउनेछ।
लुम्बिनीले सामाजिक सञ्जालमार्फत लुम्बिनी प्रदेशका विभिन्न स्थानमा उत्सवका साथ ट्रफी पुर्याइने जनाएको हो।टूर आउँदो शनिबारदेखि सुरु हुँदैछ।
लुम्बिनीले गत शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई हराउँदै एनपीएलको उपाधि जितेको थियो।








